काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको संस्थापक एनआइसी एशिया बैंक सञ्चालक समिति बैठकले कमल खड्कालाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइकोमा लघुवित्तको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई उक्त पदको बाँकी कार्यकालसम्मका लागि नियुक्त गरेको छ ।
उक्त पदमा यसअघि सञ्चालक दिनेश भारी संस्थापक समूहमा संस्थापक एनआईसी एशिया बैंकतर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको थियो । नवनियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष शपथ ग्रहण गरी पद बहाल गर्नुभएको छ ।
बैंकिङ क्षेत्रमा करिब १० वर्षदेखि कार्यरत खड्का एनआईसी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखका रूपमा रहनहुुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच