![बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/makawanpur-election-commintion.jpg)
काठमाडौं । नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ । चुनावी साधारणसभाले संघको वरिष्ठ उपाध्यक्षमा पूर्व गण्डकी प्रदेश सांसद दीपक कोइराला, उपाध्यक्ष द्वयमा सुमन देवकोटा र पूर्वप्रहरी महानिरीक्षक धीरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा नीरज श्रेष्ठलाई सर्व सम्मत चयन गरेको हो ।
यस्तै, सदस्यहरूमा युवराज सुनुवार, श्रृजना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचित कार्यसमितिका सदस्यहरूलाई राष्ट्रिय खेलकुद परिषद्को बरिष्ठ अधिकृत ज्योति राईको नेतृत्वमा अधिकृत बासुदेव निरौला र सहायक प्रथम राजेश बहादुर श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटीले प्रमाण पत्र वितरणका साथै गोप्यताको शपथग्रहण गराउनुभएको थियो ।
संघको सम्पन्न बैठकले संघको विधानबमोजिम सदस्यहरू मध्येबाट अध्यक्षले चयन गर्ने महासचिवको पदमा युवराज सुनुवारलाई मनोनीत गरेको छ । यस्तै, उपाध्यक्षमा गण्डकी प्रदेश सांसद प्रकाश बराल, सुजिता बराल, सदस्यहरूमा गोपालबहादुर बमजन, पुष्परत्न बज्राचार्य, अमृत गुरुङ र प्रदेशबाट नेतृत्व गर्ने गरी बागमती प्रदेशबाट ज्ञान कृष्ण प्रजापती, गण्डकी प्रदेशबाट अनिता रानाभाट र कर्णाली प्रदेशबाट गणेश शाहीलाई मनोनीत गरेको छ । हाल संघले गठन गरेको चार प्रदेशमध्ये लुम्बिनी प्रदेशबाट सदस्य चयन हुन बाँकी रहेको छ । यस्तै, प्रदेश संघका कार्यसमिति अध्यक्षहरू संघको पदेन सदस्य रहने विधानमा प्रावधान रहेको छ ।
यसैगरी संघको बैठकले विभिन्न कमिशनसमेत गठन गरेको छ । जसमा रचना सिंहको अध्यक्षतामा रेणुका देवी सिटौला र चाहना शाह सदस्य रहेको जेण्डर इक्विटी कमिशन, डा. सुशन वैद्यको अध्यक्षतामा एन्टी डोपिङ कमिशन, डा. प्रेम वैद्यको अध्यक्षतामा डा. नमिता श्रेष्ठ र डा. उमेश पराजुली सदस्य रहेको मेडिकल कमिशन, शुभ श्रेष्ठको अध्यक्षतामा विनोद तण्डुकार सदस्य रहेको कोचेज कमिशन र पुष्प रत्न बज्राचार्यको अध्यक्षतामा अमिश महर्जन सदस्य रहेको टेक्निकल कमिशनसमेत गठन गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच