बागमती प्रदेशबाट तीन सय ४७ ले मतदान गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

मकवानपुर । बागमती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गरिएको छ । प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा चार पदको निर्वाचनका लागि कुल तीन सय ४७ मतदाताको सूची सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले चार पदका लागि यही पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्ममा राजनीतिक दलहरुका तर्फबाट र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशसभाका एक सय १० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख दुई सय ३७ जना गरी कुल तीन सय ४७ मतदाताको नामावली सार्वजनिक गरिएको बागमती प्रदेश निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तारा आचार्यले जानकारी दिनुभयो ।

कुनै पनि मतदाताको नामको विरुद्घमा उजुरी नपरेको र सो नामावलीमाथि थप संशोधन गर्न नपरेकाले जम्मा तीन सय ४७ मतदाता राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा मतदान गर्न पाउने भएको बागमती प्रदेश निर्वाचन अधिकृत सञ्जेलले  बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?