थुम्काडाँडामा शिल्पी संग्रहालय निर्माण

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । लमजुङको पर्यटकीय गाउँसहरस्थित थुम्काडाँडामा जातीय पहिचानसहितको पुरातात्विक शिल्पी संग्रहालय निर्माण गरिएको छ । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले थुम्का डाँडाका दलित समुदायले आफ्नो जातिको पहिचानको लागि संग्रहालय निर्माण गरेर दलितको पहिचान संरक्षण पुग्ने बताउनुभयो ।

संग्राहालय ३८ लाख लागतमा निर्माण भएको हो । पहाडी दलित समुदायको पहिचानको रुपमा निर्माण भएको सो संग्र्रहालय निर्माणका लागि प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयहरूबाट सहयोग प्राप्त भएको शिल्पी संग्रहालयका अध्यक्ष अजय मजाकोटीले बताउनुभयो ।
संग्रहालय निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट १० लाख, बेँसीसहर नगरपालिकाबाट ६ लाख ३३ हजार ४६० रुपैयाँ, सांसद विकास कोषबाट एक लाख ५० हजार रुपैयाँ, तत्कालीन भूसंरक्षण कार्यालयबाट ७५ हजार ६४५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष मजाकोटीले बताउनुभयो । उहाँका अनुसार स्वदेश तथा विदेशमा रहेका स्थानीयहरूबाट, स्थानीय बाबा तथा आमा समूह, युवा क्लबबाट संग्र्रहालय निर्माणका लागि १६ लाख ९६ हजार ८९५ रुपैयाँ रकम संकलन भएको थियो ।

पहाडी दलितहरूलाई फोकस गरेर पूर्वजहरूले बनाएका वस्तुहरू संग्रहालयमा राखिएको छ । आगामी दिनहरूमा संग्रहालयमा दलित जातिमा नाम कमाएका व्यक्तिहरूको इतिहास राख्ने तयारीमा रहेको अध्यक्ष मजाकोटीले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?