
काठमाडौं । कथाकार विश्वम्भर चञ्चलको निधन भएको छ । विसं १९९८ साल जेठ २९ गते काठमाडौंमा जन्मिनुभका उहाँको आइतबार निधन भएको हो । उहाँको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
८३ वर्षीय चञ्चलका केही महिनाअघि मात्र ‘बाँचेको युग मरेका मान्छे’, ‘अनुभव र अनुभूति’ र ‘इन्मेरिका’ नियात्रासंग्रह प्रकाशित भएको थियो । उहाँ मधुमेहको रोगी हुनुहुन्थ्यो ।
विसं २०२० सालमा रूपरेखा साहित्यिक मासिकमा ‘एक लास हाँसिरहेछ’ कविता प्रकाशनका साथ साहित्यमा प्रवेश गर्नुभएका उहाँको लेखनको प्रमुख विधा कथा बनेको थियो । उहाँका श्रीमती, एक छोरा र छोरी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच