✍️ मिमलाल श्रेष्ठ
चार वर्षपछि पुनहिल जाँदै छु । मनमा उमंग र उत्साह छ । माछापुछ्रे कस्ती भइहोली ? धम्पुस गाउँ र नौडाडाको लोभलाग्दो स्मृति अनायासै आँखामा चुम्बक झै टाँसिन आउँछ । पञ्चासे डाँडा छिचोलेका मेरा पाइलाहरू अझै मेटिएका छैनन् होला ? मोदी खोलाका मीठा माछा सम्झेर मुख रसाउँछ । चार वर्षअघि मनमोहक पुनहिल चुमेको स्मृतिको प्रतिबिम्ब फेवातालमा विलिन भइसकेको छैन । सुनसान रातमा निन्द्राबाट झल्यास्स ब्युँझन्छु । रातिको २ बजेको हुन्छ । निदाउने प्रयास गर्छु तर सक्दिनँ । छटपटी र लामो सुस्केराहरूले बाँकी रात छिचोल्छन् । थाहै भएन मिर्मिरे उज्यालो धरतीमा झरिसकेछ ।
सिल्क र उतजेब नेपाल घुम्न आएका छन् । उनीहरू दुवै जर्मन नागरिक हुन् । सिल्क पहिलोपटक नेपाल आएकी हुन् तर, उतजेब यसअघि पनि आएकी थिइन् । मैले अघिल्लो साँझ नै दुवैजनालाई भोलि सबैरे उठ्नुपर्छ भनेको थिएँ । विदेशी वचनका पक्का हुन्छन् । सिल्क र उतजेब बिहान सबेरै उठी हातमुख धोएर झोला मिलाए । उनीहरू यात्राका लागि तयार भए । हामीले सँगै कफी पियौं अनि निमेशभरमा खुशी हुँदै घरबाट निस्कियौं । छल्र्लंग उज्यालो भइसकेको छ । हामी ट्याक्सी चढेर सोह्रखुट्टेतिर लाग्छौं । त्यहाँ स्वीफ्ट होलिडेजको बसले हामीलाई पर्खिरहेको हुन्छ । शरद् ऋतुमा पहाड र हिमालतिर जाने पर्यटकहरू बस चढ्न आतुर भइरहेका छन् । हामीले हाम्रा झोलाहरू बसको सह-चालकलाई जिम्मा दियौं र सबैजना सफा बसभित्र बस्यौं । छिनभरमा बस पोखरा जान काठमाडौंबाट छुटिहाल्यो ।
मैले सम्झिए देशको राजनीति र राजनीतिको क्यान्सर लागेको विकासको बिम्ब धुलोमैलोमा गुडेको बसले जब सेतीको सिमाना छिचोल्यो तब मन फुरुंग भयो । कालो रंगको पातलो बादलले आकाश ढाकेको थियो । मसिना पानीका थोपाहरू प्रकृतिमा खसिरहे । साँझको कुहिरोभित्र माछापुछ्रे लुक्यो । तुवालोभित्र पहाडहरू लुके । मधुरो गोधुलीभित्र सेती लुक्यो । सुन्दर पोखरा नै लुके झै लाग्यो र मेरो उमंङ्ग पनि लुक्यो ।
बस काठमाडौंलाई सुस्तरी छिचोल्दै पश्चिमतिर लाग्छ । काठमाडौं निन्द्राबाट पूर्णरूपमा नब्युँझिँदै हामी नागढुंगा पुग्छौं । त्यहाँबाट हामीले बल्ल निन्द्राबाट ब्युँझिसकेका गाउँबस्ती देख्छौं । हरिया पहाड र हिमशृंखलाहरू देख्छौं । बसको झ्यालभित्रबाट पर्यटकहरू मोबाइल झिकेर सुन्दर पहाड र हिमशृंखलाका फोटा खिच्न थाल्छन् । म चाँहि मनमनै आहाः हाम्रो नेपाल भन्दै फुरुंग हुन्छु । बस नौबिसेमा रोकियो । त्यहाँ हामीले तातो कफी पियौं । आँखा पहाडतिर नाचे । खुड्कीलाजस्तो हरियो खेतमा ग्रामीण सभ्यताका स-साना घरहरूको समूह मानौं त्यो कुनै जादुगरले बनाएको चित्रजस्तो देखिन्थ्यो । त्यसलाई थापा गाउँ भन्दारहेछन् । निमेशभरमा बस गुडिहाल्यो । झ्यालबाट फुलबुट्टे गाउँबस्ती, वनजंगल, पहरा, छहरा, दक्षिणतिर बगेका स-साना नदीहरू हेरेर म सबथोक बिर्सन्छु ।
केही समयपछि हामी मलेखु पुग्छौं । त्यहाँ त्रिशूली नदीको किनारमा बसेर हामीले खाजा खायौं । त्रिशुलीको पानी निक्कै धमिलो थियो । पानीसँगै बगेर आएका फोहोरहरू किनारमा थुपार्न त्रिशूलीको छेउकुना पोखरी झै घुमिरहेको दृश्य हामीले अचम्म मानेर हे¥यौ । पर्यटकहरूले फोटो खिचे, मैले खिचिनँ । मैले सम्झे, फोहोर नदीमा माछाहरूको जिन्दगी, फोहोरले गाँजेको प्रकृति र मनुष्यहरूको फोहोर प्रवृत्ति..... । मैले लामो स्वास फेरेँ । बसको हर्न बज्यो । हामी बसभित्र बस्यौं र अघि बढ्यौं । धमीलो पानी बोकेर त्रिशूली दक्षिणतिर बगिरहृयो । हामी पश्चिमतिर गुड्यौ । कतिबेला धादिङ कटियो पत्तै भएन । एकै छिनमा तनहुँको ब्यास नगरपालिका-१२ मा पुगिसकेछौं । त्यहाँ पुनः बस रोकियो । हामीले कफी पियौं र निमेशभरमा त्यहाँबाट पोखरातर्फ लाग्यौ । पोखरा नपुगुञ्जेल सडकमा एकबित्ता कालोपत्रे देखिएन । मैले सम्झिए देशको राजनीति र राजनीतिको क्यान्सर लागेको विकासको बिम्ब धुलोमैलोमा गुडेको बसले जब सेतीको सिमाना छिचोल्यो तब मन फुरुंग भयो । कालो रंगको पातलो बादलले आकाश ढाकेको थियो । मसिना पानीका थोपाहरू प्रकृतिमा खसिरहे । साँझको कुहिरोभित्र माछापुछ्रे लुक्यो । तुवालोभित्र पहाडहरू लुके । मधुरो गोधुलीभित्र सेती लुक्यो । सुन्दर पोखरा नै लुके झै लाग्यो र मेरो उमंङ्ग पनि लुक्यो ।
हामी बेलुका ५ः५० बजे पोखरा पुग्यौ । मेरा पुरानो साथी निर्मल थापा ट्याक्सी लिएर हामीलाई लिन त्यहाँ आइपुगे । बेलुका ६ः१० बजे हामी होटल प्लाजा अन्नपूर्णमा पुग्यौ । त्यहाँ आधाघण्टा विश्राम गरेपछि सबैजना साँझको फेवाताल अवलोकन गर्न निस्कियौं । आकाशको वादल हटेको थिएन । तर, जमिनको पानी ओभाइसकेको थियो । बिजुलीको झिलिमिली तारापुञ्जभित्र पोखरा नामको सुन्दरी शहर शृंगारिएर थपक्कै बलेको थियो । विश्वमूलका मानिसहरू सडकमा देखिन्थे । उनीहरू दक्षिण फेवाताल किनारतर्फ जान हतार गर्थे । फेवाताललाई पर्खाल बनाएर बिजुलीको उज्योलमा सेल्फी खिच्नु तिनको निम्ति पृथ्वीलोकमा सबैभन्दा आनन्दको क्षण बनेझै देखिन्थ्यो । हामी खुशी हुँदै फेवातालको किनारको भ्रमण गर्यौं । बाटो चित्रकारले कोरेको रेखाजस्तो सुन्दर थियो अनि देब्रेपट्टी महारानी एलिजाबेथको स्वर्ग जान बाटातर्फ गमलामा रोपेका फूलहरूजस्ता सुन्दर स-साना खानाका पसल देखेर हामी छक्क प¥यौं । कसैले भर्खर चुँडेर फालेका फूलजस्ता सुन्दरी पसलको आँगनमा बसेर अतिथि बोलाउँथे । हामीले त्यो चित्रकारी रमझम हे¥यौंमात्र । केही समय फेवातालको छेउमा तस्वीर खिचेपछि हामी त्यो रात बस्ने होटलतर्फ आयौं । बाटोमा आकर्षक चिल्लिवार रेष्टुरेण्ट देख्यौं । मन लोभियो । हामीले बेलुकाको खाना त्यहीँ खायौं । अनि सुत्नका लागि कृष्ण लामाको होटल प्लाजा अन्नपूर्णमा आयौं ।
दोस्रो दिनः थकान खासै थिएन । विहानै निद्राले छोडिहाल्यो । पोखरालाई कुहिरोले छपक्क ढाकेर मसिनो पानी परिरहेको थियो । मन चिसो भयो । दिनभरी पानी परिरहृयो भने उल्लेरी कसरी पुग्ने ? यात्रा सोचेझै नहुने होला भनेर मन नरमाइलो भयो । तर, जानु त छ नै । हामीले विहानको खाजा र कफि खायौं । अनि उल्लेरीसम्मको यात्राको निम्ति तयार भयौं । मेरा मित्र निर्मलले तुरुन्त ट्याक्सी लिएर आए । हामी आकाशबाट बर्सिरहेको सानो पानीमा भिज्दै ट्याक्सीमा बस्यौंं । ट्याक्सी उत्तरतिर हुइकियो । एकैछिनमा ट्याक्सी रोकेर तीनवटा रेनकोट किनेर झोलामा हाँले अनि तुरुन्त ट्याक्सीमा बसिहालेँ । झिमझिम पानी परिरहृयो । उत्तरतिर गुडेको ट्याक्सी रोकिएन । सफा रोडमा ट्याक्सी गुडिरहृयो । मेरोे मष्तिक्सले भन्यो-यो सुन्दर पोखरा हो । तर, निमेशभरमा सेती नदी देखियो । किनारको कच्ची सडकमा ट्याक्सी गुड्यो । सडक हिलो, मैलो र फोहोर थियो । पश्चिमका धेरै जिल्लामा सवारी गुड्ने त्यो सडकको अवस्था दयानीय थियो । मैले सम्झिए पोखराका मेयर धनराज आचार्य । मेरा धेरै प्रश्न जन्मिए । मन शान्त हुन नपाउँदै उनीप्रति घृणा जागेर आयो । हामीले सेतीको पुल तरिहाल्यौँ । बादलमाथि माछापुच्छ्रे हिमालका चुचुराहरू देखिन थाले । वारी हरियो नौंडाडा, पारी हिमाल अनि विहानीपखा प्रकृतिमा पोखीएको सुन्दर घामको चित्रकारी प्रकृतिको बुलबुट्टे हेम्जा सडक ट्याक्सी गुडिरहृयो ।
महाकवि देवकोटाले भनेझै सुन्दर, शान्त, विशाल नेपाल मैले घुमफिर गरेका विदेशमा यो चित्रकारी प्रकृतिको सौन्दर्य त्यहाँ देखेको थिइँन । तन्नेरी पहाडका हरियो वनको स्वच्छताभित्र तपस्वी चित्रकारले कोरेको रेखाजस्तो सफा र सुन्दर सडक आधा घण्टा उकालो चढेपछि मनमोहक लुम्ले आइपुग्यो । बाक्लो कुहिरोले लुम्लेको डाँडालाई छपक्कै ढाकेको थियो । लुम्लेकटेपछि सडकमुनि कुहिरो सुतेको देख्यौं । फुटेको सिसाझैं सडकमुनी कुहिरोका स-साना प्वालबाट तलका भिरालो खेत, नदी र स-साना फुलबुट्टे घरहरु देखिन्थे । एकजना लंगडो मानिस बैसाखी टेकेर मर्निङ वाक हिँडिरहेका थिए । अलि पर अर्धबैंसे गर्भिनी पनि लोग्नेको हात समातेर सुस्तरी मर्निङ वाक हिँडिरहेकी थिई । करिब तीन घण्टा स्वीजरल्याण्डका पहाड छिचोलेझै ट्याक्सीमा गुडेपछि हामी नयाँ पुल तरेर रोकियौं ।
लुम्लेकटेपछि सडकमुनि कुहिरो सुतेको देख्यौं । फुटेको सिसाझैं सडकमुनी कुहिरोका स-साना प्वालबाट तलका भिरालो खेत, नदी र स-साना फुलबुट्टे घरहरू देखिन्थे । एकजना लंगडो मानिस बैसाखी टेकेर मर्निङ वाक हिँडिरहेका थिए । अलि पर अर्धबैंसे गर्भिनी पनि लोग्नेको हात समातेर सुस्तरी मर्निङ वाक हिँडिरहेकी थिई ।
विरेठाटीबाट हाम्रो पैदल यात्रा सुरु भयो । हामी बरौंदी खोलाको तिरैतिर उकालो चढ्यौं । वर्षौअघिको पदयात्रीको गोरेटोमा अहिले सडक बनेछ । बुढाबुढी पर्यटकहरु सुमो र उपलव्ध सवारी साधानमा पहाड जाँदा रहेछन् । बाटोमा पदयात्रीबाहेक पातलो पहाडे वस्तीमा मानिसहरू कतै देखिँदैनथे । डेढ घण्टा हिँडेपछि कच्ची सडकको घुम्तीमा तिरतिर धारोको चौतारीमा एउटी विवाहित तन्नेरी अम्बा बेच्न बसेकी भेट्यौं । उसको सात वर्षको छोरोसँगै रहेछ । बच्चो अति चञ्चल भएकाले बरौदी खोलामा खस्ला भन्ने ठुलो चिन्ता उसलाई रहेछ । मैले उसँग एक किलो अम्बा किनेर झोलामा बोके । मूलको चिसो पानी पिएर त्यहाँबाट फेरि उकालो चढ्यौं । मध्याहृन भइसकेको थियो । भिरालो चउरमा राँगाभैंसी चराइरहेकी एउटी महिला भेट्यौं । ऊ बोलिन । बाटोमा पाडापाडी चरेर हाम्रो बाटो छेके । हामीले डराउँदै बाटो काटेर उकालो चढ्यौं । विरेठाटीबाट करिब १२ किलोमिटर कच्ची सडक हिँडेपछि हामी हिलेमा पुग्यौं । वारी कास्की पारी पर्वतबीचको खोचमा बरौदी खोला । कास्कीबाट हात लम्काए छुन सकिएला झै पारी पर्वतका स-साना झुपडीले भरीएको पातलो गाउँ । पारी गाउँका मानीसहरू आफ्नो घरमा पसेको निस्किएको प्रष्ट देखिने सुन्दर हिलेबाट हाम्रा पाइला अघि बढेनन् । भिरालो र हरियो खेतको बीचमा त्यो सफा घरको आँगनमा हामी उभियौं । अनायासै पिँडीमा बसिरहेका तीनवटी तामाङ्नीहरूले हामीलाई खाना खान आग्रह गरे । घरको बार्दली हुँदै हामी पश्चिमतिर छिरेर फराकिलो काठको कौशीमा फुलबुट्टे ठूलो छातामुनि बस्यौं । त्यो थकानबीच विश्रामको छोटो अवधिमा आँखा चुम्ने त्यो सुन्दर प्रकृति र प्राचिन मानव सभ्यताको चित्रकारी हातेमालो देखेर हामी छक्क पर्यौं । मैले सम्झे अभागी ईश्वर । बाटोमा रोइबस्ने ईश्वर । जमेको पानी र झरेको फूलले दुर्गन्धित बनेको अभागी ईश्वर सम्झेर उसलाई प्रश्न गरेँ, ईश्वरभन्दा मनुष्य जीवन कति उच्च छ ।
पवित्र र शुन्यमय स्वर्गलोकभन्दा मनुष्यजीवनले धारणा गरेको प्रकृति कति विचित्रता र विशालता छ । हिलेको उत्तरतर्फ पर्वतको डाँडाबाट दूधका छहरा झरेझै नदीनाला झरेका, वारीपारी धान झुलेका । वारी बस्तीमा मानव सभ्यताको प्राचीन रुप, भिरालो पहाडमा पातलो बस्ती । बाटो भुलेर हराएझै हामी एकछिन टोलायौं । कान्छी तामाङ्नीले छिनभरमा खाना लिएर आई । हामीले मिठोमान्दै तातो दालभात खायौं । फेरि उकालो चढ्नु छ । त्यहाँबाट हिँड्ने तयारी ग¥र्यौ । तीनै जना तामाङ्नीले हामीलाई फेरी पनि आउनुहोला भने । हामीले त्यहाँ फोटो खिच्यौं र हुन्छ भन्दै अघि बढ्यौं । केही समय खेतैखेत सिधा अघि बढेपछि तिखेढुंगा पुग्यौं ।
करिब १५-२० वर्ष अघि अन्नपूर्ण सर्किटको यात्रा गर्दा पहिलोपटक बसेको त्यो गेष्टहाउस अझै पनि उस्तै देखेँ । पदयात्राको पुरानो स्मृतिले हृदय फुलेर आयो । एकछिन उभिएँ । गेष्टहाउस भरिभराउ थियो । हामी त्यहाँबाट पनि अघि बढ्यौं । तिखेढुंगाको पुल तरेपछि उल्लेरीसम्म करिब तीन घण्टा उकालो सुरु हुन्छ । पर्यटक, पथप्रदर्शक र भरियाहरूको बाक्लो लहरसँगै हामी पनि पहाडमा नाक ठोक्दै उकालो चढ्यौं । पर्खालविनाको चीनको ग्रेटवालजस्तो ढुंगामा कलात्मक खुड्कीलाहरुमा धुलो र मैलो कतै थिएन । छेउछेउमा भरीयालाई भारी बिसाउन बनाईएका चौतारीहरु झनै सफा र आकर्षक थिए । जति उकालो चढ्यो उति थकान महसुस हुन्थ्यो । तर, चाँदीका खुड्कीलाहरुमा टेकेर उकालो चढेको महसुस हमेशा हुन्थ्यो । एक घण्टा उकालो चढेपछि सिमसिम पानी परिहाल्यो । हामी छेवेको बिसौनीमा बस्यौं । त्यहाँ एउटी अर्धवैशे महिला पानी, फ्रुटी, बिस्कुट, चाउचाउ बेच्न बसेकी रहिछिन् । उनले हामीसँग गुनासो पोख्दै भनिन्–पहिलेजस्तो अहिले व्यापार छैन । सडकबाट खुलेसँगै पदयात्रा संस्कृति संकटमा परेको छ । दिनभरी बाटो ढुक्यो । व्यापार छैन । साँझ परेपछि खाली हात घर फर्किनुपर्छ । हामीले उनको कुरामा होमा हो मिलायौं । सिमसिम पानी रोकियो । फेरि हामी उकालो चढ्यौं । बाटोमा पानीको मुहान कतै भेटिएन । बेलुका ६ बजेतिर हामी उल्लेरी पुग्यौं र त्यो रात होटल अन्नपूर्णमा बस्यौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच