लागु औषध तथा दुर्व्यसन मुक्त पालिका निर्माणको लागि अभियान

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । नेपालको बर्तमान अवस्थामा दिनानुदिन लागु औषध दुर्व्यसनको मुद्दाहरु बढिन थालेको छ र यसमा सबै भन्दा बढि प्रभावित नेपालको दक्षिणी भुभाग ओगटेको छ ।  मधेश प्रदेशको अधिकाशं जिल्ला भारत सिमासंग जोडिएको ले खुल्ला सिमाको फाइदा उठाएर यस क्षेत्रका युवाहरु लागु औषध तथा दुर्व्यसन अगाडी बढिरहेको बेला सर्लाहीको पर्सा गाउपालिकाले लागु औषध तथा दुर्व्यसन मुक्त पालिका निर्माण गर्न विभिन्न कार्यक्रम तथा नितिनियम निर्माण गर्न शुरु गरेको छ ।

लागु औषध तथा दुर्व्यसन र ट्राफिक नियम सम्बन्धी जनप्रतिनिधी,विभिन्न विद्यालयको प्रधानाध्यापक,विभिन्न प्रहरी चौकि प्रमुख,स्वास्थ्यकर्मीे,पत्रकारहरुसंगको एक दिने अभिमुखिकरण कार्यक्रम आज र्पसा गाउपालिकाले कार्यक्रमको आयोजना गरि ११ दिने अभियान शुरु गरेको गाउपालिका प्रमुख धिरेन्द्र कुमार यादवले बताउनु भयाे।

लागु औषध तथा दुर्व्यसनलाई अन्त्य गर्न पर्सा गाउपालिकाले प्रत्येक वडमा ५ सदस्य कमिटी निर्माण गरेको छ । जसले असार ३ गते देखी आ आफनो वडमा रहेको विभिन्न वर्गहरु संग भेटघाट गरी लागु औषध तथा र्दुव्यवसनमा फसेको युवा वालवालिका तथा त्यस्ता समुहको तथ्यांक बनाई गाउपालिकामा प्रतिवेदन बुझाइने र त्यस्ता समुह व्यक्ति लाई पालिकाकै सहयोगमा मनो बिज्ञान परामर्शदाता हरु संग परशिक्षण गराएर कुलतबाट छोडाउने प्रयास गरिने गाउपालिका प्रमुख यादवले बताउनु भयाे।
गापा प्रमुख धिरेन्द्र कुमार यादवको अनुसार यो कार्यक्रम बजेट सिद्याउनको लागी नभई समाजलाई स्वस्थ्य बनाउनको लागी संचालनमा ल्याइएको र हाम्रो ५ बर्षे कार्यकालमा यसलाई निरन्तरता प्रदान गरिने छ ।

कार्यक्रममा संग्रम्पुर शस्त्रवल प्रमुख तथा पर्सा प्रहरी चौकि इन्चार्जले लागु औषध तथा र्दुव्यवसन र ट्राफिक नियम सम्बन्धी प्रशिक्षण सहभागिहरु लाई गराइको छ । अभिमुखिकरण कार्यक्रमको अध्यक्षता गाउपालिका प्रमुख धिरेन्द्र कुमार यादवले गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?