काठमाडौं । नेपाल ल्युब आयलले ३० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले ३२औं वार्षिक साधारणसभाबाट ३० प्रतिशत लाभांश अर्थात् २५ प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश पारित गरेको हो । साधारणसभा अध्यक्ष अरुणकुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखापरीक्षक, व्यवस्थापक समूह र अन्य शेयरधनीको उपस्थिति रहेको थियो ।
अध्यक्ष चौधरीले देश र बजारको हालको अवस्था निकै नै गम्भीर रहेको भन्दै कम्पनीको बजार प्रवद्र्धनमा सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच