काठमाडौं । नेपाल हक्की संघले सशस्त्र प्रहरी बल नेपाल (विशेष कार्यदल) बंगलामुखी हलचोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ । साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ । कार्यदलका प्रमुख एसपी समिककुमार महर्जनलाई संघका अध्यक्ष अनिलप्रसाद शर्माले उक्त सामग्री प्रदान गर्नुभयो ।
नेपालमा हक्की खेलको विकासका लागि संघले एपिएफमा पनि विभागीय टिम बनाउने उद्देश्य राखी नियमित तालिम पनि दिने लागेको हो । विभिन्न विद्यालयसंग पनि सहकार्य गरी खेलाडी उत्पादन गर्ने उदेश्य रहेको हक्की संघले जनाएको छ ।
कार्यक्रममा संघको तर्फबाट अध्यक्ष अनिलप्रसाद शर्मा, महासचिव सुवर्ण श्रेष्ठ, सचिव अशिम शर्मा, सदस्य पवनकुमार केसी साथै प्रमुख प्रशिक्षक विजयन्त शर्मा प्रशिक्षकहरू रञ्जन थापा, बाबुराम नेपाल र अश्विनी अधिकारी लगायतको उपस्थिति रहेको थियो भने कार्यदलबाट बिभिन्न तहका अधिकारीलगायत प्रशिक्षणका लागि करिब २५ जनाको उपस्थिति रहेको थियो हक्की संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच