काठमाडौं । अफगानिस्तानविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारत विजयी भएको छ । भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । भारतका लागि शिभम दुवेले अविजित ६० रन बनाए । त्यस्तै रिंकु सिंहले अविजित १६ रन, तिलक बर्माले २६, शुभमन गिलले २३, जितेश शर्माले ३१ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्मा शुन्यमा आउट भए
अफगानिस्तानका बलर मुजीब उर रहमानले २ विकेट लिए भने अज्मातुल्लाह ओमरजाईले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो ।अफगानिस्तानका मोहमद नाबीले ४२ रन बनाए । अजमतुल्लाह ओमरजाईले २९, कप्तान इब्राहिम जद्रानले २५, रह्मतुल्लाह गुरबाजले २३ रन बनाएका थिए ।
त्यस्तै भारतीय बलर मुकेश कुमार र अक्सर पटेलले २/२ विकेट लिएका थिए । यो जितपछि भारतले ३ खेलको सिरिजमा १–० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच