काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता कार्यकर्ताहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी सम्मान व्यक्त गर्नुभएको छ ।
३०२ औं पृथ्वी जयन्तीका अवसरमा राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा भृकुटीमण्डपबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकसम्म र्याली निकालिएको थियो। र्यालीमा अध्यक्ष लिङ्देनसहित राप्रपाका सांसद पशुपति शमशेर जबरा, सांसद दीपक सिंह लगायत नेता कार्यकर्ता हुनुहुन्थ्यो ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सो अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्नु भएको थियो ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु-याउनुभएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ ।
सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच