गण्डकी प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउँदैन : मुख्यमन्त्री पाण्डे

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश नलगाउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित ‘सञ्चारकर्मीका अधिकार, चुनौती र समस्या विषयक’ अन्तरक्रियाका अवसरमा प्रदेश सरकारले आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिनुहुँदै मुख्यमन्त्री पाण्डेले उक्त विधेयक सञ्चारमैत्री हुने दाबी गर्नुभयो ।

“सञ्चारकर्मीलाई कहीँ कतैबाट अंकुश लगाउने काम विधेयकले गर्दैन, यो सञ्चारमैत्री हुनेछ । यसलाई सञ्चारकर्मी र सम्वद्ध संस्थाको सल्लाह र सुझावमा संशोधन पनि गर्न सकिनेछ”, उहाँले भन्नुभयो, “स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने काम प्रदेश सरकारले गर्दैन ।”

मुख्यमन्त्री पाण्डेले सङ्घीय लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण भइरहेको हुँदा यसलाई जोगाउने दायित्व सञ्चारकर्मीको पनि भएको उहाँका भनाइ थियो । प्रदेशलाई अधिकार दिन सङ्घ सरकारले ढिलाई गर्दा सङ्घीय गणतन्त्रमाथि प्रश्न उठ्न थालेको उहाँको बुझाइ थियो ।

सङ्घ सरकारले सङ्घीय ऐन नबनाएकै कारण प्रदेश सरकार र सिङ्गो सङ्घीय व्यवस्थामाथि गुनासा मात्र नभई व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले सङ्घीय कानुन बन्न नसक्दा राजावादीलाई राष्ट्रिय राजनीतिमा चलखेल गर्न बाटो पाएको बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चारकर्मीलाई स्वतन्त्र र निर्वाद रुपमा सूचना प्रवाह गर्ने वातावरण सरकारले बनाइदिनुपर्नेमा जोड दिनुभयो । समाचार सम्प्रेषण गरेकै भरमा सञ्चारकर्मीमाथि आक्रमण हुन नहुने उहाँको भनाइ थियो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?