![राज्यका निकायमा समावेशी प्रतिनिधित्व नभएको भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट](https://ehimalayatimes.com/wp-content/uploads/2023/02/sarbocha-adalat-hita.jpg)
काठमाडौं । चलचित्र ‘ईश्वर’को शुभमुहूर्त गरिएको छ । राजु गिरीको निर्देशनमा निर्माण हुने यो चलचित्रको शनिबार पोखरास्थित बिन्ध्यबासिनी मन्दिरमा शुभमुहूर्त गरिएको हो । चलचित्र माघ २८ गतेदेपख फ्लोरमा जाने बताइएको छ । चलचित्रको मुख्य कलाकारमा पृथ्वीराज प्रसाईं, सुनील थापा, माओत्से गुरु, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला र गीता अधिकारीको अभिनय रहनेछ ।
लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा एवं संवाद भोजराज देवकोटाले तयार गर्नुभएको छ । चलचित्रको निर्मातामा हरिबहादुर थापा र शंकर गिरी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच