पौवादुङमा गोल्डकप : शहीदभुमीलाई हराउँदै अरूण अर्को चरणमा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको पुर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रेमा सोमवारबाट शुरु भएको प्रथम पौवादुङमा गोल्डकप नक आउट फुटबल प्रतियोगितामा छिमेकी अरूण गाउँपालिकाले धनकुटाको शहीदभुमी गाउँपालिकालाई हराउँदै बिजयी सुरूवात गरेको छ ।

अरुण गाउँपालिकाले शहिदभुमी गाउँपालिका, धनकुटालाई ८-१ को फराकिलो अन्तरले हराउँदै अर्काे चरण प्रवेश गरेको हो । अरुण गाउँपालिकाका लागि रोमन भुजेलले चार गोल गर्दा श्याम मुर्मुले पनि ह्याट्रिक गर्नु भएको थियो भने थप एक अरूणकै नितेश लिम्बुले गर्नु भएको थियो ।

यता शहिदभुमी गाउँपालिकाको लागि लवकुश राईले एक गोल मात्र गर्न सफल हुनुभयो । खेलमा अरुण गाउँपालिकाका लागि चार गोल गरेका रोमन भुजेल म्यान अफ द म्याच घोषित हुनु भयो ।

पौवादुङमा गाउँपालिका, च्याङ्ग्रे मूल आयोजक समितिको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद ३ लाख र उपविजेताले २ लाख प्राप्त गर्ने आयोजक समिति संयोजक चोल प्रसाद आलेले जानकारी दिनुभयो । जिल्ला भित्र र बाहिर गरि प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?