टाइकन मर्डोकले ९२ बर्षको उमेरमा प्रेमिकासँग विवाह गर्दै

हिमालय टाइम्स
Read Time = 3 mins

न्यूयोर्क। मिडिया म्याग्नेट रुपर्ट मर्डोकले प्रेममा हार स्वीकार गर्नु भएको छैन । ९२ वर्षको उमेरमा पनि उहाँ बिबाहका लागि अझै लालायित हुनुहुन्छ ।

न्युयोर्क टाइम्सका अनुसार मर्डोकले बिहीबार घोषणा गर्नु भएको छ कि उहाँ आफ्नी प्रेमिका एलेना झुकोभासँग आगामी जुनमा विवाह गर्ने योजनामा ​रहनुभएको छ । मर्डोकले यसअघि चार पटक विवाह गरिसक्नु भएको छ ।

उहाँको व्यक्तिगत जीवन प्रायः ट्याब्लोइड अखबार उद्योगको लागि हस्ती मानिन्छन, जसले तीन महाद्वीपहरूमा ट्याब्लोइड पत्रिका निकालेर तहल्का मच्चाएका थिए ।

गत वर्ष मात्रै मर्डोकले डेन्टल हाइजिनिस्टबाट कन्जरभेटिभ रेडियो होस्ट एन लेस्ले स्मिथसँग आफ्नो बिबाहको घोषणा गरेका थिए तर एक महिना भन्दा कम समयमा सो विवाह रद्द गरेका थिए ।

रुसबाट संयुक्त राज्य अमेरिकामा बसाइँ सरेकी झुकोवा ६७ वर्षकी एक सेवानिवृत्त आणविक जीववैज्ञानीक हुन् , जो मर्डोकभन्दा एक चौथाई शताब्दी कान्छी हुनुहुन्छ ।

मर्डोकको अन्तिम विवाह मोडल जेरी हलसँग भएको थियो, जो रोलिङ स्टोन्सका फ्रन्टम्यान मिक जेगरका पूर्व दीर्घकालीन साझेदार हुनुहुन्थ्यो । ६ जना सन्तान पीता मर्डोकले पहिलो पटक अष्ट्रेलियाली उडान परिचर पेट्रिसिया बुकरसँग विवाह गर्नुभएको थियो , जससँग उनले सन् १९६० को दशकको अन्त्यमा सम्बन्ध विच्छेद गर्नुभएको थियो ।

उहाँकी दोस्रो श्रीमती अन्ना टोर्भ हुन, जो एक अखबार रिपोर्टर हुनुहुथ्इो, जो सँग सन् १९९९ मा सम्बन्ध विच्छेद हुनुअघि ३० वर्षभन्दा बढी समयसँगै बस्नु भएको थियो । वेन्डी देङसँग उहाँको तेस्रो विवाह सन २०१३ मा समाप्त भयो।

अष्ट्रेलियाली मर्डोक जसको मिडिया साम्राज्यमा द वाल स्ट्रीट जर्नल, फक्स न्यूज र अन्य प्रभावशाली आउटलेटहरू समावेश रहेका छन् । फोर्ब्सका अनुसार उनको सम्पति २० बिलियन डलर भन्दा बढी रहेको छ ।

मर्डोकले गत नोभेम्बरमा आफ्नो विश्वव्यापी मिडिया साम्राज्यको नियन्त्रण छोरा लाचलानलाई हस्तान्तरण गरे पछि उनी हाल स्वतन्त्र झै रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?