काठमाडौं । जेके अफ द रोड टायरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सितापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम स्थापना गरेको छ । जेके ओटिआर इण्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रमबीच शोरुम उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठलगायत अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो । ‘माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन’ नामबाट सञ्चालित शोरुममा जेके टायरका सबै किसिमका हेभी इक्विपमेन्ट, कन्स्ट्रक्सन तथा इण्डष्ट्रीमा प्रयोग हुने टायर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
हेभी इक्विपमेन्ट तथा मेसिनमा प्रयोगअनुसारको टायर परामर्श, क्लेम सेटलमेन्ट तथा आफ्टर सेल्स सर्भिस उपलब्ध हुने जेके ओटिआरका जोनल हेड शुभम प्रसादले जानकारी दिनुभयो । नेपाल तथा दक्षिण एसियाकै जेकेको पहिलो एक्सक्लुसिभ ओटिआर शोरुम भएको र शोरुमले सबै मेसिन तथा इक्विपमेन्ट टायरको बढ्दो माग पूरा गर्ने डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका डाइरेक्टर विक्रम सिंघानियाले बताउनुभयो । कम्पनीका अनुसार जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन सुरु गरेको र हाल भारतमा नौ र मेक्सिकोमा तीन गरी १२ प्लान्ट सञ्चालनमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच