इलाम । इलाम नगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिका भित्रका आधारभूत विद्यालयहरूमा अध्ययनरत बालविकास देखि ५ सम्मका झन्डै ८ सय जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।
इलाम नगरपालिका प्रमुख केदार थापाले आफ्नो कार्यकालमा शुरुआत गर्नु भएको कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबार पहिलो चरणमा सुरु गर्नु भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काका अनुसार इलाम नगरपालिकाले शिक्षालाई थप गुणस्तरीय बनाउने उद्देश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइएको छ । चिसोका कारण विद्यालय जान रोकिन नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यता नगर प्रमुख केदार थापाले सामुदायिक विद्यालय तर्फको आकर्षण र शैक्षिक गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।
न्यानो कपडा पाएपछि विद्यार्थी समेत खुशी भएका छ्न भने अभिभावकलेसमेत नगपालिकाको यो काम स्वागतयोग्य रहेको बताएका छन् ।
नगरले पहिलो चरणमा नगरपालिका भित्रका १४ विद्यालयका ७ सय ७७ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरणको कार्यक्रम रहेको छ । इलाम नगरपालिका भित्र ४८ वटा सामुदायिक र २५ वटा संस्थागत विद्यालय छन् । ती मध्ये २६ वटा आधारभूत तहका विद्यालय छन् ।
यस्तै यस अघि नगरपालिकाले जेष्ठ नागरिकलाईसमेत न्यानो कपडा वितरण गरिसकेको छ । नगरभित्रका जेष्ठ नागरिकहरुलाई चिसो बाट जोगाउन नगरले न्यानो कपडा वितरण गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच