काठमाडौं । भेट्रान धावक धर्म महर्जन टाटा मुम्बई म्याराथनमा दौडने हुनुभएको छ । जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५ किलोमिटर) मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बई प्रस्थान गर्नुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले धर्मलाई सफलताका लागि शुभकामना दिँदै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । धर्मले ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । त्रिशक्ति सिमेन्टका मार्केटिङ म्यानेजर किशन चरणले धर्मलाई तत्काल आंशिक प्रायोजन गरेको बताउँदै राम्रो नतिजा हासिल गरे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धर्मले विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लण्डन र टोकियो म्याराथनमा सहभागिता जनाइसक्नुभएको छ । त्यसबाहेक धर्मले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाइसक्नुभएको छ । धर्म जापानको किताकामीमा सन् २०१४ मा भएको १८औँ एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेतासमेत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच