काठमाडौंका यी स्थानमा जानेछ एक साता विद्युत् (तालिकासहित)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंमा विभिन्न स्थानमा आइतबारदेखि सात दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ । महाराजगन्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले त्यसक्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

माघ ७ गते महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत अवरुद्ध हुने छ ।

११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?