काठमाडौं । जारी एसियन कपमा दक्षिण कोरिया र जोर्डन बराबरीमा रोकिएका छन् । समुह इ अन्तर्गत शनिबार सम्पन्न खेलमा दक्षिण कोरिया र जोर्डन २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
दक्षिण कोरियाले ९१औ मिनेटमा गोल गर्दै यस खेलमा हारबाट बचेको थियो । दक्षिण कोरियाको बराबरी गोल भने जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेका थिए ।
यस अघि दक्षिण कोरियाका लागि सन् हेंग मिनले खेलको नवौं मिनेटमा नै पेनाल्टी मार्फत गोल गर्दै शुरुवात अग्रता दिलाएका थिए । १-० ले पछि परेको जोर्डनले खेलमा कमब्याक गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो ।
जोर्डनका लागि एक गोल याजन अल नियामतले गरेका थिए भने अर्को गोल दक्षिण कोरियाका पार्क योंग यूले आत्मघाती गोल गरेका थिए ।
यो बराबरीपछि जोर्डन र दक्षिण कोरियाको समुह इ मा २-२ खेलमा ४-४ अंक भएको छ र समुहमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
अब समुह चरणको अन्तिम खेलमा आगामी विहिबार दक्षिण कोरियाले मलेसियाको सामना गर्ने छ भने जोर्डनले बहराइनको सामना गर्ने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच