काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडमा बालकृष्ण शिवाकोटीको अध्यक्षतामा छ सदस्यीय सञ्चालक समिति गठन भएको छ । कम्पनीको पुस २६ गते सम्पन्न नवौँ वार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको हो । अन्य सञ्चालकमा गुरुप्रसाद अधिकारी, रमेशराज शिवाकोटी, डिल्लीप्रसाद शिवाकोटी, थानेश्वर बस्याल र कल्पना वली रहेका छन् ।
कम्पनी सचिव अशोक शिवाकोटीका अनुसार नयाँ सञ्चालक समिति आगामी चार वर्षका लागि चयन भएको हो । अध्यक्ष बालकृष्ण शिवाकोटी कालिञ्चोक गाउँपालिका ८ दोलखा, सञ्चालक गुरूप्रसाद अधिकारी भरतपुर महानगरपालिका १३, कालिञ्चोक गाउँपालिका ८ दोलखाका रमेशराज शिवाकोटी र सोही ठेगानाका डिल्लीप्रसाद शिवाकोटी सञ्चालकमा चयन भएका हुन् । अर्का सञ्चालक थानेश्वर बस्याल पाल्पाको मदनपोखरा नगरपालिका ९, महिला सञ्चालक कल्पना वली दोलखा मेलुङ गाउँपालिका १ निवासी हुन् ।
कालिञ्चोक दर्शनले गत आर्थिक वर्षमा ३३ करोड नाफा आर्जन गरे पनि सेयरधनीलाई भने लाभांश वितरण गरेन । सो अवधिमा कम्पनीको जगेडा कोष एक करोड ८० लाख बढी ऋणात्मक रहेकाले लाभांश वितरण नगरेको हो । कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेकोमा चुक्ता पुँजीको २० प्रतिशत अर्थात् कुल १२ लाख कित्ता सेयर सार्वजनिक निष्कासन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच