ललितपुर । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ बर्लिन फिल्म फेष्टिभलको प्रमुख प्रतिस्पर्धातर्फ छनोट भएको छ । विश्व प्रतिष्ठित उक्त फेष्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर चलचित्र हो ।
ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बर्लिन चलचित्र फेस्टिभलको लाइनअपको घोषणालाई देखाउँदै पोष्टरसमेत सार्वजनिक गरिएको छ । ‘शाम्बाला’ले उच्च हिमाली गाउँकी एक गर्भवती महिलाले हराएका श्रीमान् खोज्दाको कथा प्रस्तुत गर्छ ।
मीन र अविनाश विक्रम शाह लिखित यो चलचित्र डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको हो । ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कार्मलगायतको अभिनय छ । यो चलचित्र बन्न आठ वर्ष लागेको निर्माण टिमले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच