काठमाडौं । कप्तान रोहित पौडेलको लगातार अर्धशतकमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप २०२४ मा लुम्बिनी प्रदेशमाथि जित हात पारेको छ । भैरहवास्थित सिद्धार्थनगर रंगशालामा एपिएफले लुम्बिनी प्रदेशमाथि सात विकेटको जित दर्ता गरेको हो । जितका लागि १३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा तीन विकेटको क्षतिमा जित दर्ता गर्यो । यससँगै एपिएफ ६ खेलमा ६ अंक जोड्दै छैटौँ स्थानमा उक्लेको छ ।
कप्तान रोहित पौडेलले ४८ बलमा ५२ रन जोड्दै जितभन्दा दुई बलअघि आउट हुनुभयो । उहाँले चार चौका र एक छक्का प्रहार गर्नुभयो । पुरण विकले ५७ बलमा दुई चौका र एक छक्कासहित ३३ रन जोड्नुभयो ।
लोकेश बमले १४ बलमा दुई चौका र एक छक्कासहित १६ रन थप्नुभयो । लुम्बिनीका मोहमद हुसेन, कृष्ण कार्की र इक्लाख अहमदले एक-एक विकेट लिनुभयो ।
बायाँ हाते स्पिनर रमेश कुर्मीले पाँच विकेट लिनुभएपछि एपिएफले लुम्बिनी प्रदेशलाई ४२ ओभरमा १३३ रनको सामान्य योगफलमा अल आउट गरेको थियो ।
लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रन जोड्नुभयो । उहाँले ४२ बलमा पाँच चौका प्रहार गर्नुभएको थियो । ओपनर मृनाल गुरुङले लुम्बिनीका लागि ३४ रनको योगदान दिनुभयो । उहाँले ८८ बलमा तीन चौका प्रहार गर्नुभएको थियो ।
अर्का ओपनर विराट भण्डारी ५१ बलमा चार चौकासहित २३ रन जोड्दै आउट हुनुभयो । प्रज्ज्वल थापा ११, मोहमद हुसेन ३, कृष्ण कार्की एक, सुशान्त थापा दुई र इक्लाख अहमद लगातार नौ स्पिनको शिकार बन्नुभयो ।
एपिएफका लागि रमेशले १० ओभरमा दुई मेडनसहित २९ रन खर्चेर पाँच विकेट लिनुभयो । भुवन कार्कीले तीन तथा रोहित पौडेल र मौसम ढकालले एक-एक विकेट हात पार्नुभयो ।
यस्तै, त्रिवि मैदानमा भएको खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशविरुद्ध १४५ रनको फराकिलो जित हात पार्यो ।
मधेशले पस्किएको ३३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३९.५ ओभरमा १९० रनमा समेटियो । गण्डकीका लागि ओपनर ईश्वर क्षेत्री र कमल परियारले २७-२७ रन बनाउनुभयो । यस्तै, कृष ऐरले २६, चन्द्र पौडेलले २३, रोशन गौतमले २२, समिर कँडेल र मुस्कान थापाले समान १८-१८ रन बनाउनुभयो ।
ईश्वर र समिर मिलेर पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्नुभएको थियो । मधेशका लागि रञ्जित कुमारले चार विकेट लिनुभयो । यस्तै, कप्तान हरिशंकर शाहले तीन विकेट लिनुभयो । प्रदिप पासवानले दुई र राजेश यादवले एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले मुख्य ब्याटर अनिल शाहको शतकको मद्दतमा निर्धारित ५० ओभर खेल्दै पाँच विकेट गुमाएर ३३५ रन बनाएको थियो । मधेशका लागि अनिलले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १२४ रनको शतकीय इनिङ खेल्नुभयो ।
मयन यादवले ४४ बलमा २७ रन बनाउनुभयो । पवन सर्राफले ३८ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ४० रन बनाउनुभयो । रुपेश सिंह ३५ बलमा ३२ रन बनाएर रन आउट हुनुभयो । अरनिको यादवले विष्फोटक इनिङ खेल्दै ३४ बलमा पाँच चौका र तीन छक्कासहित ६४ रनको सानदार पारी खेल्नुभयो ।
गण्डकीका लागि सन्दिप पराजुलीले १० ओभरमा ५१ रन दिँदै दुई विकेट लिनुभयो । यस्तै, कमल परियारले १० ओभरमा ४१ रन खर्चेर एक विकेट र कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेर एक विकेट नै लिनुभयो ।
मधेश सात खेलमा आठ अंकसहित तालिकाको पाचौँ स्थानमा छ । गण्डकी भने पाँच खेलमा चार अंकसहित आठौँ स्थानमा छ । मधेश प्रदेश आठ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गण्डकी प्रदेश भने ६ खेलमा चार अंकसहित आठौँ स्थानमा यथावत् छ ।
यस्तै, बागमती प्रदेशले मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशमाथि ९७ रनको जित हात पार्यो । जितका लागि २४८ रन पछ्याउने क्रममा सुदूरपश्चिम ३१औँ ओभरमा १५० रनमा अल आउट भयो । बागमती आठ खेलमा १० अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । पाँचौँ स्थानमा रहेको सुदूरपश्चिमको ६ खेलमा आठ अंक छ ।
सुदूरका खड्क बोहराले २१, नरेन भट्टले ४४ बलमा ६ चौकासहित ४१ रन जोड्नुभयो । यस्तै, तल्लो क्रमका किरण ठगुन्नाले २७ बलमा चार चौका र तीन छक्कासहित ४१ रन थप्नुभयो । बागमतीका सूर्य तामाङ र विपिन आचार्यले तीन-तीन विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २४७ रन जोडेको थियो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले ६२ बलमा ६ चौका र तीन छक्कासहित ५४ रन जोड्नुभयो । उहाँले कप्तान रित गौतमसँग दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्नुभएको थियो । रितले ६१ बलमा नौ चौकासहित ४४ रन जोड्नुभयो ।
सुदूरपश्चिमका लागि नारायण जोशी र शेर मल्लले तीन-तीन विकेट लिनुभयो । विकास आग्रीले दुई र मिलन बोहोराले एक विकेट हात पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच