गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हालकी चर्चित गायिका रचना रिमाल चढेको गाडीलाई बाँकेको सिक्टा नजिकै ट्रकले ठक्कर दिएको छ ।

नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ ५ बजे बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले रिमाल चढेको गाडीलाई ठक्कर दिएको हो ।

गायिका रिमालले सो घटनाको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा गायिका रिमालले लेखेकी छिन् - आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामि सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ। साथै आज लमहि महोत्सवमा हुने भनिएको मेरो साङ्गितिक प्रस्तुति भोलि रहने सबैमा जानकारि गराउँदछु। आज उपस्थित हुनसकेकोमा क्षमा चाहन्छु।

त्यस्तै सो गाडीमा दाङका पत्रकार शिवु खनाल पनि सवार रहेको उनी आफैंले जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल मार्फत सो जानकारी गराएका हुन् ।

उनले लेखेका छन् -

हे भगवान् ठुलाे कालले बाचियाे
गायिका रचना रिमाल र म सवार गाडी दुर्घटनामा परेको छ । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै अहिले बेलुका ५ बजे बा प्र ०३.०१ ख /२११८ को नम्बरको ट्रकले हाम्रो स्कारपियाेलाइ ठक्कर दिएको छ ।
गायिका रचना रिमाललाई केही भएको छैन । मलाई घुँडामा समान्य चोट लागेको छ । गायिका रिमाललाई सकुशल अर्को गाडीमा पठाई दिएको छु । म घटनास्थलमै छु ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?