सेयर बजार घट्दोक्रममा

Read Time = 3 mins

काठमाडौं । सोमबार २४.४६ अंकले घटेको सेयर बजार मंगलबार पनि ४.८७ अंकले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर दुई सय ३८ कम्पनीका २५ लाख ८१ हजार चार सय २५ कित्ता सेयर ९६ करोड ५२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

शिवम् सिमेन्ट्सको आठ करोड १२ लाख ३४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने हिमालयन डिष्टिलरी पाँच करोड ५० लाख आठ हजार रुपैयाँ, रिडी हाइड्रोपावरको पाँच करोड दुई लाख सात हजार रुपैयाँ, नबिल बैंक चार करोड ८१ लाख ९५ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको तीन करोड ५३ लाख ४५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तैगरी आरएमसडिसी लघुवित्तको तीन करोड १७ लाख १७ हजार रुपैयाँ, एनएमबी बैंक दुई करोड ६२ लाख ७५ हजार रुपैयाँ, साना किसान विकास लघुवित्त दुई करोड ५० लाख २९ हजार रुपैयाँ, मेगा बैंक दुई करोड पाँच लाख २१ हजार रुपैयाँ र नेपाल लाइफको एक करोड ९५ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

धौलागिरि लघुवित्तको सेयर सबैभन्दा धेरै ८.१७ प्रतिशतले बढेको छ भने सिटिजन म्युचुअल फण्ड-१ को इकाईमूल्य ६.१२ प्रतिशत, स्पोर्ट माइक्रोफाइनान्स ५.८६ प्रतिशत, हिमालयन बैंक ४.१५ प्रतिशत, खप्तड लघुवित्त ४.०१ प्रतिशत, स्वाभिमान लघुवित्त ३.९६ प्रतिशत, आरएमडिसी लघुवित्त ३.१६ प्रतिशत, ग्लोबल आइएमई समुन्नत स्किम-१ को इकाईमूल्य २.१७ प्रतिशत र कुमारी धनवृद्धि योजनाको इकाईमूल्य २.१३ प्रतिशत र सानिमा इक्विटी फण्डको १.९७ प्रतिशतले सेयरमूल्य बढेको छ । तर, एनएमबी बैंकको सेयरमूल्य सर्वाधिक ६.०७ प्रतिशतले घटेको छ ।

एनएमबी-५० को इकाईमूल्य ३.८५ प्रतिशत, आइसिएफसी फाइनान्स ३.३२ प्रतिशत, एनएमबी हाइब्रिड फण्डको इकाईमूल्य ३.२८ प्रतिशत र एनआइसी एशिया सेलेक्ट फण्डको इकाईमूल्य ३.२५ प्रतिशतले घटेको छ । रिभर फल्स, पञ्चकन्या माई हाइड्रोपावर, अपर हेवाखोला जलविद्युत्, सामलिङ पावर र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य पनि साढे दुई प्रतिशतभन्दा बढीले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?