बैतडी । बैतडीमा विद्युत् विस्तारको कामले तिव्रता पाएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जिल्लामा विद्युत्काे पहुँच भन्दा बाहिर रहेका बस्तीहरूमा विस्तारको कामलाई तिव्र पारेको हो । चालू आर्थिक वर्षको माघ पहिलो हप्ता सम्ममा जिल्लाका एक हजार ५५० घरधुरीमा विजुली बलेको छ । ग्रामीण क्षेत्रहरूमा विद्युतीकरणको कामले तिव्रता पाएसँगै अँध्यारा बस्तीहरू उज्याला हुन थालेका छन् ।
राष्ट्रिय प्रसारणको लाइन विस्तार हुँदा सोलार र टुकी भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको सिगास गाउँपालिका-१ का स्थानिय पवन चन्दले बताउनुभयो । ‘बिजुली नहुँदा धेरै समस्या हुन्थ्यो,’ उहाँले भन्नुभयो ‘अहिले राष्ट्रिय प्रसारण लाइनको बिजुली बले संगै बालबालिकाहरूलाई साँझ बिहान पढ्न लेख्न् र अन्य विद्यूतिय सामाग्री सञ्चालन गर्न सहज भएको छ ।’
सिगास गाउँपालिकाको वडा नम्बर २, ३ र ५ का लागि ठेक्का आव्हान भैसकेको र एक दुई दिनमा सम्झौता गरी काम सुरु हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । अन्य पालिकाहरू पनि विजुली नपुगेको ठाउँमा विस्तार गर्ने बिग्रेका ठाउँहरूमा मर्मतको काम पनि चलिरहेको उहाँले बताउनुभयो ।
मेलौली नगरपालिका हुँदै शिवनाथ गाउँपालिकाको केन्द्रसम्मको ११ केभी लाइनमा बिजुली चार्ज भएको छ । माघ महिनाभित्र थप पाँच हजार घरधुरीमा मिटर जडान गरि बिजुली बाल्ने काम भैरहेको पौडेलले बताउनुभयो । पञ्चेश्वर गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारबाट थप पाँच करोड रुपियाँको लागतमा विद्युतीकरण भइरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।
बैतडीमा अहिले २२ हजार बढी विद्युत्का ग्राहक रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडीमा ४९ हजार ४२८ घरपरिवार रहेका छन् । ग्रामीण क्षेत्रहरूलाई प्राथमिकतामा राखेर विद्युत विस्तारको काम भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताउनुभयो ।
बैतडीलाई दुई वर्षभित्रै पूर्ण विद्युतीकरण जिल्ला बनाउने उद्देश्यले काम भइरहेको छ । यसका लागि विभिन्न प्रोजेक्टहरू सञ्चालनमा रहेका उहाँको भनाइ छ । सन् २०३० सम्म सबै घरधुरीमा विद्युतका पहुँच पुर्याउने सरकारको दिगो विकास लक्ष्य रहेको छ ।
सुर्नयागाड विद्युत् सञ्चालनमा
डेढ बर्षदेखी बन्द रहेको सुर्नयागाड जलविद्युत् सञ्चालनमा आएको छ । दुई सय किलोवाट क्षमताका जलविद्युतको प्यानल जीर्ण हुँदा बन्द रहेको विद्युत्गृह सञ्चालनमा आएको हो । डेढ महिनाअघि नेपाल विद्युत प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेको थियो ।
नहरमा पानीको मात्रा बढाएर तत्कालका लागि सय किलोवाडमा विद्युत सुचारु गर्न सकिने जनाएको थियो । त्यसपछि विद्युत वितरण केन्द्रले सक्रियता बढाएर माघ दुई गते देखी नै विद्युत सुचारु भएको हो ।
नहरको सफाइ गरी त्यहा भएका उपकरणहरू सञ्चालनमा ल्याएर सय किलोवाट विद्युत सुचारु गरिएको विद्युत वितरण केन्द्र बैतडीले जनाएको छ । यहाँ उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान समेत गरिएको वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो ।
बक्यौता रकम नतिर्ने ग्राहकहरुको लाइन काट्ने क्रम जारी
नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बैतडीले एक हप्ता विद्युत लाइन काटेर ९ लाख बढी रकम राजश्व संकलन गरेको छ । विद्युत वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख जनार्दन पौडेलको निर्देशनमा जिल्लाका १ सय ८५ ग्राहकको विद्युत लाइन काटिएको हो । महशुल नतिरेको ग्राहकको विद्युत लाइन काटिएसंगै रकम तिरेपछि मात्रै पुनः जडान गरिएको छ ।
यसैरी ९ लाख ९४ हजार रकम बक्यौता रहेका ग्राहकको विद्युत लाइन काटेपछि उनिहरुबाट ९ लाख ८ हजार रकम संकलन भएपछि अधिकांशको लाइन पुनः जडान गरिएको छ । विद्युत लाइन काट्ने क्रम अझैपनि जारी रहेको छ । विद्युत लाइन काटिने ग्राहकहरूमा केही सरकारी कार्यालय, पार्टी कार्यालय तथा सञ्चारगृह समेत रहेका छन् ।
२ महिना सम्मको महशुल नतिर्ने ग्राहकको लाइन काट्ने नियम रहेकाले बेलैमा आफ्नो बक्यौता महशुल बुझाउन वितरण केन्द्र प्रमुख पौडेलको आग्रह छ । बैतडीमा हालसम्म २ करोडबढी रकम विद्युत महशुल बक्यौता रहेको विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ । केन्द्रको निर्देशन अनुसार आफूहरूले जिल्ला स्थित महशुल नबुझाउने ग्राहकको नियमानुसार लाइन काटेर महशुल संकलन गर्दै गएको प्राधिकरणले जनाएको छ ।
१ सातापछि समेत बक्यौता रकम नतिर्ने ग्राहकको लाइन काट्ने काम जारी रहेको वितरण केन्द्र प्रमुख पौडेलको भनाई छ । कतिपय ग्राहकको बक्यौता रकम १ लाख भन्दा बढी भएको खण्डमा किस्तामा समेत तिर्ने व्यवस्था मिलाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच