गठबन्धन सरकारका कारण मुलुकका प्रत्येक सूचकहरु फेल हुने क्रममा छन् : उपमहासचिव ज्ञवाली

Read Time = 2 mins

-श्याम घिमिरे

अर्घाखाँची । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गठबन्धनको हातमा सरकार आएसँगै मूलुकका प्रत्येक सूचकहरु फेल हुने क्रममा रहेको बताउनु भएको छ ।

एमाले अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आज (मंगलवार) बाट सुरु गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले गत साउन महिनादेखि डेढ खर्ब बढी ऋण उठाएर बल्लतल्ल तलब खुवाएको स्मरण गराउँदै नेपालको इतिहासमा यति ठुलो समस्या कहिल्यैपनि नआएको जिकिर गर्नुभयो ।

उपमहाचिव ज्ञवालीले सत्तामा टिक्ने स्वार्थकोलागि वर्तमान सरकारले परराष्ट्र नीतिलाई समेत बिस्तारै शक्तिकेन्द्र तिर कोल्टे पार्दै लगेको आरोप लगाउनु भयो । राष्ट्रिय हितमा कालाबादल मडारिएको भन्दै उहाँले मूलुकमा देखिएका सबैखाले समस्याहरुलाई समाधान गर्न एमाले बाहेक अरु कुनै शक्ति नभएको उहाँको दाबी थियोे ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले सरकारबाटै देशको राष्ट्रियतामाथि असर भएको बताउँदै यसमा सबै चनाखो हुनुपर्नेमा जोड समेत दिनुभयो ।

तीन दिनसम्म चल्ने कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य ठाकुर गैरे, लुम्बिनी प्रदेश कमिटि अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यद्धय बोमबहादुर बिक, चेतनारायण आचार्य लगायतको उपस्थिति रहेको छ ।

प्रशिक्षण उद्घाटन कार्यक्रम पार्टी जिल्ला कमिटि अध्यक्ष पिताम्वर भुसालको अध्यक्षता र सचिब तोजबहादुर रायमाझी विधानको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभरबाट दुई सय भन्दाबढी नेतृत्वकर्ताहरुको सहभागिता रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?