स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गोलकिपर बोनोले पेनाल्टी सुटआउटमा दुई प्रहार जोगाएपछि मोरक्को कीर्तिमान रच्न सफल भएको हो । स्पेन भने लगातार दोस्रो विश्वकपमा पेनाल्टी सुटआउटको सिकार बन्यो ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मोरक्को ३-० ले जित निकाल्न सफल भयो । अफ्रिकाबाट अन्तिम आठमा मोरक्कोले मात्रै स्थान बनाएको छ ।

मोरक्कोका गोलकिपर बोनोले स्पेनका कार्लोस सोलर र कप्तान सजिर्र्यो बुस्केट्सको प्रहार जोगाएका थिए । पाब्लो साराबियाको पहिलो पेनाल्टी प्रहार पोस्टमा लागेको थियो ।

मोरक्कोका अब्देसअहमद साबिरी र हकिम जियाचले गोल गरे । बदर बिनुनको प्रहार स्पेनिस गोलकिपर युनाई सिमोनले रोकेपनि अचरफ हकिमीले चौथो प्रहार गोल गरेपनि मोरक्को वि विजयी भएको थियो । पूर्व विजेताविरुद्ध मोरक्को डिफेन्सिभ खेलमा सफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?