पर्यटकीय क्षेत्र रारासहित मुगुमा हिमपात, कृषक हर्षित

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुमा बुधबार राती देखि हिमपात शुरू भएको छ । केही दिन यता अत्यधिक चिसो बढेपछि बुधबार रातिदेखि मुगुमा वर्षासँगै हिमपात शुरू भएको हो ।

नेपालकै ठुलो र गहिरो ताल रारामा अहिले बिहान ७ बजेसम्म करिव १ फिट हिउँ परिसकेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका निमित्त बरिष्ट संरक्षण अधिकृत राजु घिमिरेले जानकारी गराउनु भयो । विशेष गरि रारा लगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको छ ।

मुर्माटप, चुचेमारा, घुच्चि, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम घट्टललेक ,तलिलेक,सोरूकोट, चाक्पाँडे र करानका उच्च हिमाली भेगमा हिमपात भैरहेको छ । माघ महिनाको तेस्रो हप्तामा भएपनि हिमपात शुरू भए पछि खेतीपाति गर्ने कृषक लगायत स्थानिय बासीन्दा हरूलाई राहत मिलेको छ ।
लामो समय वर्षा र हिमपात नहुँदा वातावरण बिग्रिएर रोगब्याधि फैलिनुका साथै खोलानाला र पानीका मुहान समेत सुकेको थिए ।

हिउँद ऋतु सकिनै लाग्दा भएको हिमपातलाई कृषक लगायत मुगुबासी जनताहरूले प्रकृतिको उपहार सम्झेका छन भने कृषकहरू खुशी भएका छन् । खेत गडामा सुकेका हिउँदे बाली पलाउने र बालिनाली सप्रने आशमा कृषकहरू रहेका छन् ।

जताततै सुख्खा मौसमले मानिसहरूमा भाईरल रूघाखोकी का बिरामीहरूको संख्या बढ्दै गएको थियो । यस हिमपातले मुगु लगायत साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र कर्णाली र शुदुर पश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठुलो राहत मिलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?