पोखरा । त्रिभुवन आर्मी फुटबल क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई बिहीबार दुई-एकले हराउँदै आर्मी आहा राराको २३औँ संस्करणको फाइनल पुगेको हो ।
आर्मीका लागि रसबहादुर मगरले निर्णायक गोल गर्नुभयो । उहाँले अतिरिक्त समयको नवौँ मिनेटमा गोल गर्नुभएको थियो । वसन्त जिम्बाको क्रसमा उहाँले हेडर गोल गर्नुभएको हो ।
आर्मीले शनिबार हुने फाइनलमा पाँचपटकको विजेता थ्रीस्टार क्लबको सामना गर्नेछ । पाँचौँपटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जितेको छैन । त्यसअघि निर्धारित समय एक-एकको बराबरीमा खेल टुंगिएको थियो । खेलमा अग्रता आर्मीले लिएको थियो । दिनेश हेन्जनले ६१औँ मिनेटमा फ्रिकिकमा गोल गर्दै आर्मीलाई अग्रता दिलाउनुभएको थियो । दिनेशले फ्रिकिकमा गोल गर्नुभएको थियो ।
यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा समिर तामाङले बराबरी गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काउनुभएको थियो । आर्मीका दुई डिफेन्डरको बीचबाट अघि बढाउँदै समिरले पोष्ट नजिकबाट गोल गर्नुभएको थियो ।
प्रतियोगिताको फाइनल शनिबार हुनेछ । अब आर्मीले थ्रीस्टार क्लबसँग उपाधिका लागि खेल्नेछ । जावलाखेल युथ क्लबलाई बुधबार एक–शून्यले हराउँदै थ्रीस्टार फाइनल पुगेको थियो । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख एक हजार र दोस्रो हुने टोलीले ६ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
झापा गोल्डकपको तयारी
यता छैटौँ संस्करणको झापा गोल्डकपको तयारी सुरु भएको छ । तयारीस्वरूप मैदान स्तरोन्नतिको काम अघि बढेको हो । फागुन १९ गते सुरु हुने झापा गोल्डकपका लागि बिर्तामोड-३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । खेलमैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले जानकारी दिनुभयो ।
झापा गोल्डकपको विजेताले उपाधिसहित १३ लाख रुपैयाँ र दोस्रो हुने टोलीले सात लाख रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकप आयोजनाका लागि एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आयोजकका तर्फबाट झापा ११ फुटबल क्लबसहित ‘ए’ डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच