काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेट गरी नेपालमा चारपांगे्र सवारीसाधन एसेम्बलिङ उद्योग स्थापनाका लागि छलफल गरेको छ । बिहीबार नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा दुईपांगे्र सवारीसाधनको एसेम्बलिङ उद्योग खुल्दै गएको र चारपांग्रे एसेम्बलिङ उद्योग पनि खुल्ने क्रममा रहेको भए पनि सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोबाइल उद्यमी तथा व्यवसायी पर्ख र हेरको अवस्थामा रहेकाले अटोमोबाइल उद्योग अघि बढाउन स्थायी नीति ल्याउन ध्यानाकर्षण गराएको छ ।
नाडाका सचिव विक्रम सिंघानियाले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक नीतिगत सुझाव दिनुभएको थियो । अस्थिर महसुल दरले व्यवसायी हतोत्साहित भइरहेकाले महसुल दरमा स्थिरता कायम गरिनुपर्र्ने, खासगरी मेक इन नेपालको अवधारणाअनुसार आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई मध्यनजर गर्दै देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोबाइल व्यवसायीले अत्यधिकरूपमा सवारीसाधन उत्पादन गर्न सिकेडी स्थापना गर्दै लगेको र औद्योगिक लगानी सुरक्षित गर्न तथा उद्योगीको मनोबल बढाउन र सो क्षेत्रलाई दीर्घकालीनरूपमा सफल बनाउन हाल अन्तःशुल्कमा दिइएको छुट कम्तीमा १५ वर्षसम्म राखिनुपर्ने नाडाको सुझाव छ ।
त्यस्तै, एउटै ब्राण्डको पार्ट्स मुख्य उत्पादनकर्ताको अनुमतिबिना तेस्रो पक्षबाट निर्वाधरूपमा पैठारी हुँदै आएकोमा एयरपोर्ट तथा भन्सार नाकामा उक्त सामानहरू नेपालको आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, स्वदेशमै स्थापना हुने सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी एसेम्बलिङ उद्योग, अटोमोबाइल स्पेयर पाटर््स उद्योग, टायर उद्योग, लुब्रिकेण्ट्स उद्योग तथा ब्याट्री उद्योग स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गरिनुपर्ने पनि नाडाका सुझाव रहेका छन् ।
त्यसैगरी नेपाल र भारतबीचको द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्न, नेपालमा उद्योगलाई आकर्षित गर्न, नेपालमा व्यापार सहज बनाउन र विदेशी लगानी आकर्षित गर्न नेपालमा इन्टरनेसनल इकोनोमिक स्थापना गरिनुपर्ने, नेपालमै लुब्रिकेण्ट्स उद्योग भएको अवस्थामा ती उद्योग संरक्षणका लागि नेपालमा उच्च गुणस्तरीय लुब्रिकेण्ट्समात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्ने, नेपालमै उत्पादन हुने सबै किसिमका अटोमोबाइल, स्पेयर पाटर््स, हेलमेट, ब्याट्री, लुब्रिकेन्ट्स तथा टायर निर्यात गर्दा अन्य निर्यात वस्तुले पाउनेसरहको छुट पाउने व्यवस्था हुनुपर्ने नाडाको माग छ ।
त्यस्तै, नेपालमा उत्पादित हेलमेट, ब्याट्री तथा टायरले पनि नेपालको गुणस्तर प्रमाण चिहृन पाउने व्यवस्था हुनुपर्ने, नेपालमै उत्पादन गर्ने उद्योगलाई एनएस प्रदान गर्दा घरेलु उद्योगलाई प्रोत्साहन पुग्ने, उत्पादनको माग र आपूर्ति सन्तुलनमा राख्न लुब्रिकेण्ट्स आयात गर्न आयातकर्ताले अनिवार्यरूपमा अमेरिकन पेट्रोलियम इन्ष्टिच्युट(एपिआई)द्वारा जारी गुणस्तर प्रमाणपत्र पेश गर्नुपर्ने अथवा कुनै सम्बन्धन प्राप्त संस्थाको प्रमाणपत्रका साथै सम्बन्धित मुलुकले निर्धारण गरेको मापदण्डसमेतको प्रमाणपत्र पेश गर्नुपर्ने, विश्वका लुब्रिकेण्ट्स निर्माता र निर्यातकर्ताले आफ्ना उत्पादन तीनभन्दा बढी मुलुक निर्यात गरेको प्रमाण पेश गर्नुपर्ने पनि नाडाका सुझाव रहेका छन् ।
त्यसैगरी नेपालका लागि आधिकारिक बिक्रेता तथा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागमा अनिवार्यरूपमा आफ्नो एजेन्सीसमेत दर्ता गरेको कम्पनीले मात्र आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, त्यस्तो व्यवस्था भएमा आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने, वैदेशिक मुद्रा विदेशिन कम हुने, नेपालमै रोजगारी सिर्जना भई युवालाई विदेशिनबाट केही हदसम्म रोक्न सकिने र देश आत्मनिर्भर बन्न सहयोग पुग्ने नाडाको भनाइ छ ।
नेपालमा कपी प्रोडक्ट्स निर्बाधरूपमा आयात हुँदा आधिकारिक आयातकर्तालाई मार परिरहेकोले आयातकर्ताले भन्सारमा उत्पादनकर्ताका कागजात, ओरिजिनल प्रमाणपत्र, ब्राण्ड्, लेवललगायत जाँच गरेरमात्र सामान पास गर्ने व्यवस्था हुनुपर्ने, भारतीय जिएसटीलाई मध्यनजर र अध्ययन गरेर नेपाली कर प्रणाली र सोको दर लागू गर्नाले खुला सिमानाका कारण उब्जिएको अवैध कारोबार निरुत्साहित हुने बताइएको छ ।
सो अवसरमा मन्त्री रिजालले अटोमोबाइल क्षेत्र देशलाई राजस्व र रोजगारी दिने प्रमुख स्रोत भएको भन्दै अटोमोबाइल क्षेत्रको विकासका लागि आवश्यक स्थिर नीति ल्याउन पहल गर्ने आश्वासन दिनुभएको नाडाले जनाएको छ । साथै मन्त्री रिजालले गोरखकाली रबर उद्योग पिपिपी मोडलमा लैजान सरकार तयारीमा रहेको भन्दै अटोमोबाइल व्यवसायीले नै उक्त उद्योग सञ्चालन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, केन्द्रीय कार्यसमिति सदस्यद्वय अभिक ज्योति, मेघराज पौडेल, सोहन श्रेष्ठ तथा सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच