‘खाटा बसेको घाउ’ कथासङ्ग्रह हो र यसका सर्जक हुनुहुन्छ आर.जे.। आर.जे.को वास्तविक नाम जनक रावल भनेर पुस्तकमा दिइएको छ । यस पुस्तकमा ‘खोज्न नभ्याइएका क्षणहरू’ भनिएको छ । पुस्तकको प्रकाशक कल्पना रावल हुनुहुन्छ भने सर्वाधिकार कथाकारमा रहेको छ । कृष्ण भुसाल सम्पादक र भाषा सम्पादक रमेश दाहाल रहनुभएको यस पुस्तकको यो पहिलो संस्करण हो जुन २०७९ साल फागुन २५ मा प्रकाशन भएको छ । १००० प्रति प्रकाशित भएको यो पुस्तक डिएमआई साइजमा छापिएको छ र छपाइस्तरीय छ । यसमा अशुद्धिहरू कमै पाइन्छन् । पुस्तकमा भूमिका खण्डमा ३० र पाठ्य खण्डमा १९४ गरी २२४ पृष्ठ छन् । यस पुस्तकको मूल्य ४५० रुपैयाँ छ ।
पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । यस पुस्तकको आवरण फिक्का कालो पृष्ठभूमिका रहेको छ । माथि सेता आकर्षक अक्षरमा कथाकारको नाम आर.जे.भनेर उल्लेख भएको छ भने त्यसमुनि ठूला पहेंला अक्षरमा पुस्तकको शीर्षक ‘खाटा बसेको घाउ’ भनेर राखिएको छ । त्यसमुनि खाटा बस्तै गरेको एउटा ठूलो घाउ देखाइएको छ । पृष्ठ आवरण सादा कालो पृष्ठभूमिमा छ । माथि बायाँतिर कथाकारको फोटो राखिएको छ, तल बारकोड छ । यसबाहेक यस पृष्ठमा अन्य कुनै सामग्री दिइएको छैन । पुस्तक आकर्षक छ । यो पुस्तक कथाकारले आमा धनदेवी रावल र बुबा भक्तबहादुर रावलमा समर्पण गर्नुभएको छ ।
उहाँका यी कथाले नेपाली समाजको चित्र उतारेको छ, विकृतिहरू केलाएको छ, माया प्रेम प्रस्तुत गरेको छ, राजनीतिप्रति वितृष्ण पोखेको छ र विकासका नाममा हुने भ्रष्टाचारको उछित्तो काढेको छ । केही कथाहरू सत्य घटनामा आधारित भनिएका कारण भएका वा पुनः सम्भावना भएका कथानक यहाँ आएका छन् ।
त्यसपछि सप्रेम भेट मा ‘बसिबियाँलोका सम्पूर्ण आफन्त, साथीभाइ, पाठक, श्रोता तथा सञ्चारकर्मीहरूलाई’ भनिएको छ । त्यसपछि भूमिका खण्डको सुरुमा कथाकार र उहाँकी जीवन संगिनीको फोटोसहित उहाँले ‘उपहार : मेरी जीवन संगिनीलाई’ भन्ने शीर्षकमा एउटा कविता प्रस्तुत गर्नुभएको छ । अनि साहित्यकार खेमनाथ दाहालको ‘खाटा बसेको घाउलाई हेर्दा’ शीर्षकमा भूमिका छ । यसपछि कल्पना रावलको ‘प्रकाशकीय’ र कथाकार रावलको ‘पस्किन मन लागेका थोरै शब्दहरू’ रहेका छन् । त्यसपछि विषय सूचीका रूपमा ‘सङ्गृहित मेरा मायाका कोसेलीहरू’ छ र त्यहाँ उहाँका १९ वटा कथाहरू समावेश भएको जानकारी छ ।
उहाँका कथाहरू एक शब्ददेखि छ शब्दसम्मका शीर्षकमा छन् । देवकी र बर्बाद एक शब्दका शीर्षकका कथा हुन् भने आइमाईको आदेश, अमर मिलन, मिठो आघात, अप्रत्यासित खोज र बिदाइ जिन्दगीको दुई शब्दका कथा हुन् । यसैगरी उकाली ओराली बिछोडपछि, बेरोजगारी र पीडा, खाटा बसेको घाउ, सम्झनाको अन्तिम सीमाभित्र, कथा राजधानीका सडकको, शुभकामना अमूर्त सपनाहरूलाई, ओसाकाको नाङ्गो नाच, आफ्नै ठाउँमा बिरानो र मेरा दाजैको कथा तीन शब्दका शीर्षक भएका कथा हुन् । नौली बज्यैको मैलो गम्छा चार शब्दको शीर्षकमा छ भने उनको च्यातिएको इस्टकोट र झोला पाँच शब्दको शीर्षक हो ।
यसैगरी ओ सखी ! आउ, एकपल्ट सयर गरौं छ शब्दको शीर्षकको कथा हो । यसरी उन्नाइसमध्ये एक शब्दका दुई, दुई शब्दका पाँच, तीन शब्दका नौ र चार, पाँच र छ शब्दका एक-एकवटा कथा रहेका कारण कथाकार सामान्यतया तीन शब्दको शीर्षक रुचाउनुहुन्छ भन्ने देखिन आयो । यसैगरी १९४ पृष्ठको फौलावटमा १९ वटा कथा रहँदा औसतमा एउटा कथाले १० पृष्ठभन्दा केही बढी ठाउँ ओगटेको पाइन्छ । यी कथाहरूमध्ये केही कथा निकै छोटा छन् भने केही धेरै लामा पनि छन् । कथा सिद्धान्तमा कथा एक बसाइमा पढिसकिनुपर्छ भनिएको छ तर उहाँका औसत कथाहरू एक बसाइमा पढिसकिने भए पनि दुई-चारवटा कथा चाहिँ एक पटक तयार भएको मानसिक धीरता भङ्ग नगरी पढिसकिँदैनन् ।
यिनलाई लामा कथा भन्दा उपयुक्त हुन्छ । अन्य कथाहरू भने एक बसाइमै पढिसकिन्छन् । अङ्ग्रेजीमा भन्ने गरिएको ‘सर्ट सटोरी’ कै आधारमा यी कथाहरू लेखिएका छन् । उहाँका यी कथाले नेपाली समाजको चित्र उतारेको छ, विकृतिहरू केलाएको छ, माया प्रेम प्रस्तुत गरेको छ, राजनीतिप्रति वितृष्ण पोखेको छ र विकासका नाममा हुने भ्रष्टाचारको उछित्तो काढेको छ । केही कथाहरू सत्य घटनामा आधारित भनिएका कारण भएका वा पुनः सम्भावना भएका कथानक आएका छन् । उहाँको कथाहरूको समालोचनात्मक विश्लेषण यहाँ सम्भव छैन । जिज्ञासु पाठकहरूले एक पटक पुस्तक नै पढ्नु उपयुक्त हुन्छ । आख्यानका उज्याला सम्भावना बोकेर आउनुभएका रावललाई बधाई तथा पुस्तकको सफलताको शुभकामना । साहित्यको यात्रामा अझै यस्ता अनेकौं कोसेली नेपाली साहित्यले उहाँबाट पाइरहोस् अग्रीम शुभकामना ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच