कञ्चनपुर । महेन्द्रनगरस्थित खुलामञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफले हात पारेको छ । फाइनलमा गण्डकी प्रदेशलाई ३-१ सेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो । उपाधि विजेता एपिएफले नगद चार लाख, प्रमाणपत्र, ट्रफी र उपविजेता गण्डकी प्रदेशले नगद दुई लाख, प्रमाणपत्र र ट्रफी हात पारेको हो ।
त्यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३-१ सेटले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल पुलिसले नगद एक लाखसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । त्यसैगरी, त्रिभुवन आर्मी क्लबले सान्त्वना पुरस्कार ५० हजार प्राप्त गरेको छ ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा यही माघ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न आठवटा विधामा खेलाडीलाई पुरस्कार प्रदान गरेको भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बताउनुभयो ।
प्रतियोगिताका उत्कृष्ट सर्भर एपिएफका खेलाडी हेमन्त मल्ल, उत्कृष्ट सेटर नेपाल पुलिस क्लबका इम राना, उत्कृष्ट स्पाइकरको उपाधि गण्डकी प्रदेशका खेलाडी रवि केसीले हात पार्नुभएको छ । यसैगरी, उत्कृष्ट ब्लकरमा गण्डकी प्रदेशका इन्द्र बिके, उत्कृष्ट डिफेन्डर एपिएफका विनोद चन्द, बेस्ट प्लेयर एपिएफका विजय थापा, उत्कृष्ट प्रशिक्षक एपिएफका पुष्पजंग मल्ल हुनुभएको छ ।
प्रतियोगिताको उदयीमान खेलाडीको उपाधि सुदूरपश्चिमका अर्जुन नेपालीले प्राप्त गर्नुभएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापन तथा समन्वयमा महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच