निस्सा वितरणमा गुलरिया नगरपालिकाको विभेद

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा निस्सा वितरणमासमेत विभेद गरेको पाइएको छ ।

बर्दियाको गुलरिया नगरपालिका वार्ड नं. ९ मा निस्सा वितरणमा विभेद गरिएको हो । पालिकाले नगरका अन्य वडाहरुमा घरपरिवारका अन्य सदस्यहरुलाई मुल धनि नभए पनि निस्सा वितरण गरिरहेको छ भने वार्ड नं. ९ मा सम्वन्धित व्यक्तिलाई मात्र वितरण गर्ने गरिएका कारण वडावासी समस्यामा परेका हुन् ।

रोजगारीका लागि भारतलगायत अन्य देशमा रहेकाहरु तत्काल आउन नसक्ने भएपछि उनका आफन्त तथा घरका मानिसलाई दिने परिपाटि भए पनि सो वडामा दिइएको छैन । यसले गर्दा भारतलगायतका अन्य देशमा रोजगारीमा गएकाहरु रोजगार नै छोडेर आउनु पर्ने बाध्यता रहेको छ ।

यस विषयमा वुझ्न खोज्दा वडाध्यक्ष हरी प्रसाद पासवानले सम्वन्धित व्यक्तिलाई नै दिने गरिएको बताउनु भयो । यता यस सम्वन्धमा नगरपालिकामासमेत निवेदन परेको बताइएको छ । नगरपालिका मौन बसेका कारण निस्सा लिनका लागि आएकाहरुको रोजगारी गुमेको छ भने अझै निस्सा नपाएको बताउदै आएका छन् । नगरपालिकाको अपरिपक्क निर्णय र जनताका समस्या के छन् भन्दा पनि आफ्नो अनुकुल काम गर्ने गरेको पाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?