राजेन्द्र रिमालको नेतृत्वमा नाट्यकर्मी महासंघ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नाट्यकर्मी महासंघ नेपालको अध्यक्षमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो महाधिवेशनले रिमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । ११ सदस्यीय केन्द्रीय कमिटीमा उपाध्यक्षमा प्रवीण पुमा, महासचिवमा जेवी डिसी, सचिवमा दीपक निरौला, कोषाध्यक्षमा मञ्जु गिरी र सदस्यहरूमा पुरु लम्साल, दीपक आचार्य, राम केएसी, पुष्पराज अवस्थी र सुशीला लक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको आतिथ्यतामा महाधिवेशन भएको थियो । कार्यक्रममा उपप्रमुख डंगोलले महानगरले कला संस्कृति र सम्पदा जोगाउनका लागि नीति तथा कार्यक्रममार्फत नै सम्बोधन गरेको बताउनुभयो । उहाँले नेपाली नाट्य क्षेत्रले सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महानगरपालिकाले नाट्यकर्मीहरू लक्षित गरेर नै विभिन्न योजना ल्याएको जिकिर गर्नुभयोे ।

काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम चलचित्र क्षेत्र भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को सुरुमा आउने बताउनुभयो । उमपेयर डंगोलले काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संसकृतिलाई जोगाउन चलचित्र नै एउटा माध्यम भएको धारणा राख्नुभयो ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्रको आधार नै रंगमञ्च भएको र नाट्यकर्मीहरू नै नेपाली चलचित्र क्षेत्रका स्थापित भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा संस्थाको संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीले नेपाली रंगकर्मीहरूलाई राज्यले सम्बोधन र पहिचान नदिएकाले २०६५ सालमा देशभर रहेका नाट्यकर्मीहरूको हकहित र सुरक्षाका लागि महासंघको स्थापना गरिएको जानकारी गराउनुभयो । सो अवसरमा भण्डारीलाई सम्मान समेत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?