काठमाडौं । नेपाली क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरको कसिलो बलिङमा टोर्नाडोस वुमन्सले यूएईमा जारी फेयर ब्रेक इन्भिटेसनल टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । टोर्नाडोसले साफायर वुमन्सलाई १७ रनले हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
जितका लागि १२० रनको विजयी लक्ष्य पछ्याएको साफायरले २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रनमात्रै बनाउन सक्यो । उसका लागि बाबेट डि लिडेले १४ बलमा ४ चौकासहित सर्वाधिक २४ रन बनाउनुभयो । गेबी लेविसले ३४ बलमा २ चौकासहित २२, कप्तान साना मिरले १८ र तश फर्नाटले ११ रन जोड्नुभएको थियो । सीताले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिनुभएको थियो ।
टोलीको नवौं ओभरमा पहिलो ओभर बलिङ लिएर आउनुभएकी सीताले पाँच रन खर्चनुभएको थियो । ११औं ओभरमा सीताले ६ रन खर्चनुभयो । १३औं ओभरमा उहाँले १ विकेट लिनुका साथै ६ रन खर्चनुभयो । लेविसलाई एलबीडब्लु आउट गर्नुभएको थियो । सीताले कुल ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिनुभयो । उहाँले १२ बल डट राख्नुभएको थियो ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियम दुबईमा टस हारेर ब्याटिङ थालेको टोर्नाडोस वुमन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । उसका लागि स्टेरे कलिसले २९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाउनुभयो । सीताले ब्याटिङको अवसर पाउनुभएन ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :