मुगु । मुगुको उत्तरी सिमा चीनसंग जोड्ने गमगढी-नाक्चेलाग्ना सडक खण्ड अन्तर्गत गमगाड खोला अल्का साँघुमा पक्की मोटरेबल पुलको निर्माण कार्य शुरू गरिएको छ ।
नेपाल सरकार सडक विभागअन्तर्गत पुल महाशाखाको आर्थिक र सडक डिभिजन कार्यालय जुम्लाको प्राबिधिक सहयोगमा उक्त पुल निर्माण कार्य शुरू गरिएको हो । हिम सगरमाथा निर्माण कम्पनीले कर्णाली राजमार्गअन्तर्गत जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिका खेतु देखि मुगुको छाईल बगर सम्म १० वटा मोटरेबल पुलहरू मध्ये ९ वटा पुलहरू निर्माण गर्ने कार्य शुरू भैसकेको छ ।
छाइल बगरको मोटरेबल पुल निर्माणका लागि सडक भरपर्दो नभयर स्काबेटरलगायतका सामाग्री निर्माण स्थलमा पुर्याउन समस्या भएकाले केही समय पछि निर्माण शुरू गरिने सडक डिभिजन कार्यालय जुम्लाका ईन्जिनियर वीरबहादुर जिटीले बताउनु भयो । ६ महिनामा पुलहरूको डिजाईन र ३६ महिना स्टक्चर गरि जम्मा ४२ महिना भित्रको समयमा १० वटा पुलहरू सम्पन्न गर्ने सम्झौता भएअनुसार निर्माणको काम अघि बढेको जिटीले बताउनु भयो ।
सम्झौताअनुसार छाईल बाहेक अन्य स्थानका पुलहरूको निर्माणको काम शुरू भैसकेको भएपनि छाईलको पुल भने केही समय ढिलो भएपनि निर्धारित समयमा नै सम्पन्न गरिने पनि ईन्जिनियर जिटीको भनाई रहेको छ ।
आर्थक बर्ष २०७७/०७८मा टेण्डर खोली ४२ महिना भित्र कर्णाली राजमार्गअन्तर्गत कालिकोट, जुम्ला र मुगुका विभिन्न स्थानका दश वटा पुल सम्पन्न गर्ने सम्झौता अनुसार क्रमिक रूपमा कालिकोट, जुम्ला हुँदै मुगुको झ्यारी, खोलासम्मका पुलहरू यस अघि नै निर्माणको काम शुरू भैसकेको छ भने गमगाड खोलाको पुल भने हालै मात्र निर्माण शुरू गरिएको छ ।
१० ओटै पुल निर्माणको ठेक्का एउटै कम्पनीले लिएको कारण निर्धारित समयमै सबै पुलहरूको निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएकाले यस गमगाड खोलाको पुलको निर्माण कार्यमा केही ढिलाई भएको सुचना अधिकारी चित्रा चौलागाईले बताउनु भयो । हिम सगरमाथा निर्माण कम्पनीले निर्माण गर्न लागेको गमगाड खोलामा बन्न लागेको पुलको काम हाल तदारूपताका साथ अघि बढिरहेको छ । साढे ८ करोड लागत रहेको यो पुल ४० मिटर लम्वाई रहने छ ।
टेण्डर भएको ४२ महिना भित्रमा दश वटै पुल निर्माण गरिसक्नु पर्ने भएकाले डिजाइनमै बढी समय लागेको कारण पुल निर्माणको काम अलि ढिलो भएको पनि सुचना अधिकारी चौलागाईले बताउनु भयो । कालिकोट र जुम्लाको सिमाना कालिका खेतु, देखि देखि मुगुको झ्यारी खोला, गमगाड खोला र छाईल बगर गरी दश ओटै पुलहरू निर्धारित समयमा नै निर्माण कार्य पूरा गरिने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्टले जानकारी दिनु भयो ।
अधिकांस पुलहरूको निर्माणको काम अन्तिम चरणमा पुगेको बताईएको छ । गमगढी नाक्चे लाग्ना सडक अन्तर्गत छायाँनाथरारा नगरपालिका वडा नं १ अल्कासाँघु भन्ने स्थानमा स-साना गाडीहरू काठको लाप्काको भरमा ओहोर दोहोर गर्नु पर्ने बाध्यता रहेको थियो ।
मुगुको सदरमुकाम गमगढी बाट मुगुम कार्मारोङ गाउँपालिका छाइल सम्म सामान्यतय गाडी आउने जाने भएपनि गमगाड खोलामा पक्की पुल हाल सम्म नबन्दा गाडीहरू जोखिम मोलेर लाप्काको भरमा खोला पार गर्नु पर्ने बाध्यता रहेको थियो भने यो पुल निर्माण भएको खण्डमा त्रास पुर्ण रूपमा खोला तर्नु पर्ने बाध्यता हटेर जानेछ । ढिलै भएपनि गमगाढ खोलामा पुल निर्माण कार्य शुरू भए पछि स्थानिय बासिन्दाहरू खुशी भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच