काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई)ले जर्मन कम्पनीहरूले नेपालमा लगानी गर्ने वा नेपाली व्यवसायसँग सहकार्य गर्ने सम्भावना खोज्न बिभिएमडब्लु जर्मनीसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । एफएनसिसिआई अध्यक्ष चन्द्रप्रसाद ढकाल र बिभिएमडब्लुका कार्यकारी अध्यक्ष क्रिस्टोफ अहलहसले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । नेपालस्थित दूतावासमा भएको उक्त कार्यक्रममा जर्मन राजदूत डा. थोमस प्रिन्जको पनि उपस्थिति रहेको थियो ।
अध्यक्ष ढकालले नेपालले युरोपमा निर्यातमा भन्सारमुक्त पहुँच गुमाउने भएकाले नेपाल विकासोन्मुख मुलुकमा परिणत भएपछि सबैभन्दा बढी असर साना तथा मझौला उद्योगमा पर्ने भन्दै विशेष गरी महिलाद्वारा सञ्चालित साना तथा मझौला उद्योगलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । साना तथा मझौला उद्योग प्रवद्र्धन र विकासका लागि एफएनसिसिआई र बिभिएमडब्लुले सहकार्य गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
समझदारीपत्रको मुख्य उद्देश्य दुर्ई संस्थाबीच सहकार्य अभिवृद्धि गर्नु र लगानी प्रवद्र्धनमा सहकार्य गर्न व्यावहारिक रूपरेखा स्थापना गर्नु रहेको बताइएको छ । समझदारीअनुसार दुवै संस्थाले लगानी नीति, नियम, विनियम, कार्यविधि, प्रोत्साहन र अवसरबारेमा जानकारी आदानप्रदान गर्नेछन् । नेपाल र जर्मनीसँग सम्बन्धित तथ्यांक दुवै संस्थाको पहुँचमा पुग्ने गरी सामान्य अपडेट आदानप्रदान पनि हुनेछ । त्यस्तै, दुवै संस्थाले व्यापार प्रतिनिधिमण्डल वा लगानी मिसन आदानप्रदानका लागि प्रोत्साहन र सहयोग उपलब्ध गराउन पहल गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच