काठमाडौं । नेपालस्थित विबाइडी गाडीको अधिकृत बिक्रेता साइमेक्स इंक प्रालिले ‘बिवाइडी चाइनिज न्यु इयर कप’ नेपाल-चाइना फ्रेण्डसिप फुटबल खेलको प्रायोजन गर्ने भएको छ । चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्ले संयुक्तरूपमा आयोजना गर्ने उक्त महत्वपूर्ण खेल कार्यक्रम आगामी फेब्रुअरी १० मा दशरथ रंगशालामा हुँदैछ ।
कम्पनीका अनुसार स्प्रिङ फेस्टिभल अर्थात् वसन्त पर्वसमेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापीरूपमा गहिरो सांस्कृतिक महत्व राख्छ, जसले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुवाततर्फको यात्रा दर्शाउँछ । संयुक्त राष्ट्र संघले समेत हालै चाइनिज लुनार न्यु इयरलाई होलिडेका रूपमा मान्यता दिएकाले यसको विश्वव्यापी पहुँच र महत्वलाई जोड दिएको प्रमाणित हुन्छ । करिब दुई सय देश र क्षेत्रमा मनाइने स्प्रिङ फेस्टिभलले आनन्द र नवीकरणको भावनामा विविध संस्कृतिलाई जोड्ने काम गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बिवाइडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु-२१ फुटबल टिमबीच प्रतिस्पर्धा हुनेछ, जसले उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काउनेछ । साथै फुटबलको विश्वव्यापी भाषाबाट दुई देशबीचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबीचको सम्बन्ध अझै मजबुत बनाउनेछ । क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बिवाइडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच