✍️ खिमानन्द आचार्य
चैत महिनाका उराठलाग्दा दिनहरू फगत दलानमा बसेर बाटो नाप्ने बटुवा र दलानमा नाच्ने झिँगाहरूको नृत्यगान सुन्नु र देख्नु सिवाय अरू केही भएन । मानिसको सबभन्दा ठूलो शत्रु भनेको रोग रहेछ । यो स्वार्थी संसार बलियाबाङ्गाका पछि लाग्छ । बलेको आगो त मानिसहरू ताप्छन् । सम्पत्ति मात्र सबै कुरा होइन रहेछ, उमेरमा पैसाका लागि मरियो, अहिले फगत जिन्दगी छ- निरर्थक ।
एक दिनको कुरा हो । म बाहिर बसेर छोराछोरीहरूको भविष्यको बारेमा सोच्दैथिएँ । त्यस्तैमा रामायण सुरु भयो- ‘तिमीलाई ओछ्यानमा लडे पुग्यो । जन्मबारका दिनदेखि मानिस सुत्यो भने उठ्न सक्दैन रे । मेरा उमेरका दौंतरीहरू शहरमा कुम जोडेर हिँड्छन्, म भने...। तिमीलाई निको नहुने रोग लाग्यो । कठै मेरो भाग्य....!’ यो हृदयविदारक भनाइले ज्यादै पीडाको अनुभव त भयो तर भएर के गर्ने, कसलाई के भन्ने । ‘मनको बह कसैलाई न कह’ ।
‘एउटी असहाय टुहुरीलाई बिहे गर्दा उसको उद्धार पनि हुने, समाजको लागि प्रेरणा पनि । प्रमाणपत्र र धन रूपलाई मात्र बिहे गर्नु मात्र जीवनको उद्देश्य होइन’ भनेको कुराले मलाई पनि छोएको थियो- त्यसैले नकारात्मक सोच बनाइँन ।
यस्ता वचनरूपी बाणको प्रहारले प्रत्येक दिनजसो म घायल हुन्थेँ । यस्ता कुरा हुनुको पछाडिको जड पत्ता लगाउन खोज्दैथिएँ । उसले मप्रति गर्ने व्यवहार साँच्चै नै पीडादायक थियो । कहिलेकाहीँ नर्मल अवस्थामा आएको बेलामा कुरा हुन्थ्यो । सामान्यतया कुराकानी हुँदैनथे । कहिलेकाहीं कुरा भइहाले पनि ऊ आफ्नै भविष्यको बारेमा चिन्तित भएको कुरा गर्थी-न त छोराछोरीहरूको, न त मेरो ।
‘अब तिमी त मर्ने भयौ, मर्ने मानिसलाई कसैको माया लाग्दैन रे भन्थे । साँच्चै माया गर्न छोडेको ११ वर्ष नै भयो । केही बोल्नु हुँदैन झगडा आइहाल्छ । हाम्री आमाले भन्नुभएको त्यो ज्योतिषीले जे भनेको हो त्यही पुग्छ रे । छोरीहरू ठूला भएपछि हिँडिहाल्छन् । एउटा छोरो हो, आखिर म एक्लै हुने भएँ ।’ यस्ता अनास्थाका कुरा गर्न लागेको धेरै भएको थियो । ‘छोरीहरू हिँडिहाल्छन्, तिमी डाँडामाथिको जून भयौ ।’ यस्ता बोलीरूपी वचनका बाणले गर्दा पनि मलाई आफूलाई लागेको रोगको उपचार गर्न पनि मन लागेन । कहिलेकाहीँ आखिर जिन्दगी आफ्नो हो...। हो, उसलाई मेरो उपचारमा पैसा खर्च गर्नु भनेको बालुवामा पानी पोख्नु बराबर हो भनेर नै उसले भनेकी थिई-‘अब सञ्चो हुने होइन, पैसामात्र खर्च गरेर के गर्नु ?’
यहाँ त्यस्तो नौलो कुरा छैन । कामवासनाका पारखीहरू परचक्रीको भविष्यभन्दा तत्कालको आफ्नो कामवासना तृप्त गर्न जुनसुकै आश्वासन र शब्द लालित्य साँधेर, चकलेट बनाएर बाँड्ने गर्छन्, तर उसको शब्दलालित्यमा आफ्नो सर्वस्व गुमाउन पुग्छन् । त्यसैको परिणाम हो-हाम्रो दुई किनार ।
कतिमात्रै के कुरा गर्ने । मनको पीडा पोख्न पाउँदा पनि मन हल्का हुँदोरहेछ । होइन काकी त.....। त्यस्तो कुनै विशेषता छैन । मान्छेको गति-मति भ्रष्ट हुन बेर लाग्दैन ।
हिजो बिहे गर्न नसकेर २५ वसन्त माइतीमै बिताउनुप¥यो । सत्र वर्षको उमेरदेखि केटा खोज्न नलागेको होइन । मैले त्यसै हात झिकेको होइन, थाकेर छोडेको हुम् ।’ मधौरूले माड खाए न काम लाग्छ ? भनेर उसका आफ्नै सहोदर दाजुले भनेको हिजोजस्तै लाग्छ ।’ मेरो बाबुले घ्यू खाएको थाल हो- सुङ् सुङ्’ भनेर कसले सुँघ्छ । उसका काकाले के भने थाहा छ ? ‘कहीँ बिकाउन नसकेर तपाईंलाई दिएका हुन् ।’
यस्ता धेरै कुराहरू उनका आफन्तबाट मैले सुनेको छु । सत्यता र धर्मको खातिर झिनामसिना कुरालाई मैले महत्व दिइँन । त्यसको मुख्य कारण के थियो भने मेरो कलेज लेभलको साथी सीतारामले बिहेको प्रसङ्गका कुरा गर्दा- ‘एउटी असहाय टुहुरीलाई बिहे गर्दा उसको उद्धार पनि हुने, समाजको लागि प्रेरणा पनि । प्रमाणपत्र र धन रूपलाई मात्र बिहे गर्नुमात्र जीवनको उद्देश्य होइन’ भनेको कुराले मलाई पनि छोएको थियो-त्यसैले नकारात्मक सोच बनाइँन ।
‘अनि के भयो त्यस्तो र ? ज्यादै दुःखी बन्नुभयो !’
‘फेरि तिमीले दुःखी भएको कुरा ग¥यौ । यो संसार यस्तै-कोही कसैको जीवनभरको साथी हुँदैन । यात्रा हो, यात्रामा कोही लामो समय साथमा हुन्छ, कोही छोटो समय । एउटा जीवन पूर्ण संसार रहेछ । दिन र रात भए झैँ जीवनमा दुःखसुख अनित्य रहेछ, कसैले केको कसैलाई केको ? जीवनलाई कसरी हेर्ने भन्ने कुरा दृष्टिकोणमा भर पर्दोरहेछ ।’
आत्मज्ञानीहरू ईश्वरको शाश्वत सत्मार्गमा शयर गर्दा पनि आफूलाई पूर्ण ठान्दैनन् तर अज्ञानीलाई आत्मज्ञान नखुल्नाले अरू सबैलाई तुच्छ सम्झन्छन् । अर्को कुरा विद्वत्ताको कसी प्रमाणपत्र होइन । अपठित व्यक्तिभन्दा अर्धपठित व्यक्ति मूर्ख हुन्छ । जीवनको अर्थ नबुझ्नेहरू लिप्सा र भोगलाई महत्व दिन्छन् ।
एक दिनको कुरा हो-म निदाएको पनि होइन, जागेको पनि-शायद म अर्धचेतनामा । शब्दको स्वरले मानौँ त्यो अजङ्गको छ । विशाल छ । अनुहार देखिएको छैन । शब्दस्वर आइरहेको छ । सबै कुरा मनले सोचेजस्तो हुँदैन, किन धेरै दुःखी हुनु । दुःख-सुख दुई भाइ हुन् । ज्यादै सरल स्वभाव-कसैलाई वचनले नदुखाउने, सोझो । सोझोपन बजारमा बिक्री हुँदैन । फेरि सोझोपनमा कहीँ दोष छैन, पूर्वजहरूले कहिले धोकाको खेल खेलेनन् उसका सन्ततिहरू कसरी धोकाको खेल खेल्छन् । घात-प्रतिघातमा जिन्दगीको महत्व देख्नेहरूका अगाडि तँ आफूलाई असफल देख्छस्, जिन्दगीको उपलब्धि न त धन हो, न त धोका नै । सत् आत्माहरू आफूभित्रको पूर्णतालाई चिन्दैनन् र परात्माको सेवामा आफूलाई मेटाउन चाहन्छन् ।
आत्मज्ञानीहरू ईश्वरको शाश्वत सत्मार्गमा शयर गर्दा आफूलाई पूर्ण ठान्दैनन् तर अज्ञानीलाई आत्मज्ञान नखुल्नाले अरू सबैलाई तुच्छ सम्झन्छन् । अर्को कुरा विद्वत्ताको कसी प्रमाणपत्र होइन । अपठित व्यक्तिभन्दा अर्धपठित व्यक्ति मूर्ख हुन्छ । जीवनको अर्थ नबुझ्नेहरू लिप्सा र भोगलाई महत्व दिन्छन् । अज्ञानीले प्रशंसा प्राप्त गर्दा आफ्नो धरातल भुल्छ । धनहीनले धन प्राप्त गर्दा सम्पूर्ण कुरा धनसँग तौलिन्छ र बँधुवा पशु फुकेसमान भई उद्दण्ड बन्न पुग्छ । जसलाई जीवनको अर्थ खुल्दैन र आफू अजर अमर भएको व्यवहार समाजमा प्रस्तुत गर्छ । जसले गर्दा उसले सार्थक जीवनको अनुभूति गर्न नपाउँदै देहलीला समाप्त पार्दछ ।
त्यस्ता ढोंगीहरू समाजका लागि आदर्श समाजको व्याख्या गर्दछन् तर धनको लागि भित्रभित्रै सडेका हुन्छन् । धनका अगाडि उसको आफ्नो भन्ने कोही हुँदैन तर सच्चा आत्माहरू धनलाई भन्दा जीवनलाई महत्व दिन्छन् । उनीहरूलाई द्वैध चरित्रको अभिनय गर्नुपर्दैन ।
सत्आत्माहरू खुला पाना हुन् भने ढोंगीहरू इरेजरसहितका लेखिएका पानाहरू-जहाँ जे पनि लेख्दै मेट्दै गर्न सकिन्छ । उसको केही कोही हुँदैन । सत्आत्माहरूको बिक्री हुनसक्दैन । आवरण सत्आत्मा हुनसक्दैन ।
कपडा राम्रो लगाउँदैमा ऊ आदर्शवान् व्यक्ति हुनसक्दैन । उसका कर्महरूले उसको परिचय दिएका हुन्छन् । चरित्रहीन धनवान् व्यक्ति धनको नोकर हो भने सत्य आत्माहरू धनका मालिक ।
तँ जान्दाजान्दै पनि किन दुःखी हुन्छस् ? हो, कहिलेकाहीँ भोग्ने र भोगाउनेहरूको साथै अभक्षीहरूको जीवन सार्थक देखिनसक्छ, त्यो तेरो गलत सोचाइ हो । यही नै मत भिन्नता छ, पर्दाभित्र नरकमा डुबेर आदर्श व्यक्तिको अभिनय गर्दैमा समाज र राष्ट्रका असल चरित्र हुनसक्दैनन् । व्यक्तिगत-निजी स्वार्थले गाँजिए पनि ऊ निद्राबाट बिउँझिन सक्दैन । घमण्ड र उन्मादले धरातलमा टेक्न झुक्दछन् । सत्यलाई दीनहीनहरूको जीवन जिउने जिजीविषा ठान्नेले मृत्युको शय्यामा निदाउन लाग्दा मात्र पछुताउन थाल्दछन् । त्यही नै उसको जीवनको आम्दानी हो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच