इस्लामबाद। पाकिस्तानमा निर्वाचनको मतगणना जारी छ । पूर्वप्रधानमन्त्री तथा ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का संस्थापक इमरान खानले विजयी भएको दाबी गरेका छन् ।
इमरानले एआईमा आधारित आवाजको साथ ‘विजय स्पीच’ को भिडियो सार्वजनिक गरेका छन् । उनले ‘पाकिस्तान मुस्लिम लिग–नवाज’ (पीएमएल–एन) प्रमुख नवाज शरीफको ‘लण्डन योजना’ असफल भएको बताएका छन् ।
इमरान खानको यो भिडियो यस्तो बेला बाहिर आएको हो, जब पाकिस्तानको चुनावमा उनको पार्टीलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवारहरू सिट संख्याको आधारमा अगाडि छन्।
स्वतन्त्र उम्मेदवारले ९७ सिट जितेका छन् भने नवाज सरिफको पार्टीले ७२ सिट ल्याएको छ भने बिलावल भुट्टोको पीपीपी ५२ सिटसहित तेस्रो स्थानमा छ । पाकिस्तानमा २६५ सिटमा चुनाव भएको थियो, जसमध्ये २५२ सिटको नतिजा आएको छ । बहुमतका लागि १३३ सिट आवश्यक छ ।
पूर्वप्रधानमन्त्रीले फेरि चुनावमा धाँधली भएको दाबी गरेका छन् । उनले भने, ‘पाकिस्तानी चुनावमा हुने हेराफेरीलाई कसैले स्वीकार गर्ने छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि यसबारे व्यापक समाचार आएका छन् । फारम ४५ को तथ्याङ्क अनुसार हामी १७० भन्दा बढी राष्ट्रिय सभा सीटहरू जित्ने ट्रयाकमा छौं।’
- एजेन्सीको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच