काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) तोकिएकै समयमा कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँगको समन्वयमा नेपाल बिमा प्राधिकरणद्वारा आयोजित बिमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली बिमा बजारको विश्वसनीयता बढाउन पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढ्नुपर्ने भन्दै अध्यक्ष सिलवालले नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनको तयारीका लागि समय दिइएकाले तोकिएकै समयमा कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्लेले नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयनका लागि बिमा क्षेत्रमा स्रोत विकास र प्राविधिक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भने लेखापरीक्षण मान बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले बिमा क्षेत्रबाट गुणस्तरीय सेवा प्रवाह र गुणस्तरीय प्रतिवेदन तयार गर्न लेखापरीक्षणसम्बन्धी क्षमता अभिवृद्धिको आवश्यकता आंैल्याउनुभयो । लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले तोकिएको समयमा नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न सँगै मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।
नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेलले बिमा क्षेत्र नेपाल वित्तीय प्रतिवेदन मान कार्यान्वयन गर्न तयार रहेको बताउनुभयो । नेपाल बिमा प्राधिकरणतर्फबाट चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्लेले बिमकहरूको वित्तीय विवरण, लेखा तथा लेखापरीक्षणसम्बन्धी र आइक्यानका तर्फबाट वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट अरूण राउतले इन्स्योरेन्स कन्ट्याक्ट एनएफआरएस १७ सम्बन्धी छुट्टाछुट्टै प्रस्तुत गर्नुभएको थियो ।
बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणले बिमकको वित्तीय विवरणसम्बन्धी निर्देशन जारी गरी बिमकको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम हुनुपर्ने व्यवस्था गरेको र सोहीबमोजिम बिमकबाट वित्तीय विवरण तयार भई प्राधिकरणमा पेश हुँदै आएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच