काठमाडौं । व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपाले आफ्नो आन्दोलन विथोल्न खोजेको आरोप लगाउनु भएको छ ।
आज पत्रकार सम्मेलन गरी उहाँले आफू एमालेमा जान्छु भन्ने कुरा कल्पनाबाहिरको कुरा भएको बताउनु भयो । ‘दुर्गा प्रसाईँ राप्रापामा भित्रिन्छ भन्ने कल्पना बाहिरको कुरा । म एमालेको केन्द्रीय सदस्य छँदैथिए नी । त्यो भन्दा त अलि गतिलो पार्टी हो नि त,’– उहाँले भन्नुभयो ।
राप्रपाले प्रसाईं नेतृत्वको अभियानसँग कार्यगत एकता गर्दै आफ्ना एजेण्डा स्थापित गराउन दुवै टिमले सहकार्य गनुपर्ने निष्कर्षसहित वार्ता टोली बनाएको थियो ।
रापपाका महामन्त्री डा.धवल शमसेर राणा र उपाध्यक्ष हेमजंग गुरुङ रहेको टोली गठन गरिएकाे थियाे । तर प्रसाइँले भने राप्रपाको उक्त प्रस्ताव अस्वीकार गर्दै आफूले पार्टी बनाउन चाहेको भए राप्रपा भन्दा ठूलो पार्टी बनाउन सक्ने समेत बताउनु भयाे ।
आफू पार्टी बनाउने भन्दा पनि पीडित, शोषित जनताको मुक्तिका लागि काम गरिरहेको उहाँको भनाइ थियाे ।
साथै प्रसाईँले राप्रपामा आफू जाने त के राप्रपाका मानिसहरु आफ्नो अभियानमा समेत नल्याउने बताउनु यभे । राप्रपाले आफूले नेतृत्व गरेको आन्दोलन विथोल्न खोजेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘यिनीहरुसँग वार्ता हुँदैन । तिनीहरुसँग छ र के वार्ता गर्नु ? दुर्गा प्रसाईँ राप्रपामा जान्छ ?त्यो कल्पनाको कुरा हो । त्यो भन्दा राम्रो पार्टी बनाउँछ नि पार्टी बनाउन परे । अहिले पार्टीको आवश्यकता होईन नि,’– उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच