काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताउनुभएको छ ।
पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने सम्मानित नेता खनालको भनाई थियो ।
समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीबाट श्रमजीवि वर्गबाट टाढा पु-याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताउनु भयो । सम्मानित नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवि वर्गको हित हुनै नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधान प्रतिद्वन्दीसँग कुनै मोर्चा बन्दैन । यदि बनाइयो भने त्यो गलत हुन्छ । त्यो वर्ग समन्वय हुन्छ । त्यसले वर्ग संघर्ष गर्ने होइन, वर्ग समन्वय गराउँछ त्यसले । वर्ग आत्मसमर्पणवाद गराउँछ त्यसले । र, वर्ग संघर्ष होइन, त्यसबाट पार्टीलाई विमुख बनाउँदै लैजान्छ । अहिले हामी हाम्रो श्रमजीवि वर्गबाट जसरी टाढिएका छौं नि । परिणाम त्यही हो । हो, यही कुरालाई सच्याउन हामीले राष्ट्रिय महाधिवेशनमा सच्याउन सक्नुपर्छ । राष्ट्रिय महाधिवेशनका सामु धेरै गम्भिर महत्वका कार्यभारहरु छन् । ती कुरालाई ध्यान राखेर हामीले अगाडि बढ्नुपर्छ । ’
सम्मानित नेता खनालले नेपालमा हाल तत्काल बामपन्थीहरुबीच एकता सम्भव नभएपनि कार्यगत एकता हुनसक्ने पनि दोहो¥याउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच