कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको टिप्पणी गर्नुभएको छ ।
कैलालीको सुख्खडमा आयोजित एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचारमा आफ्नै मान्छे पर्न थालेपछि सरकार नियन्त्रणमा चुकेको बताउनु भयो । अध्यक्ष ओलीले १ वर्षे प्रचण्ड नेतृत्वको सरकारले जनमुखी काम गर्न नसकेको भन्दै एमाले नेतृत्व बिना देश उधो गतिमा लाग्ने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले सरकार सुन तस्करी प्रकरणमा आफैँ डुबेको आरोप लगाउनुभयो । सुन तस्करी नियन्त्रणका नाममा आफ्ना मान्छे जोगाउने खेलमा सरकार रहेको उहाँले बताउनुभयो । सुन काण्ड, ललिता निवास जग्गा प्रकरण, बाँसवारी जुत्ता कारखाना लगायतमा आफ्ना मान्छे फस्ने देखिएपछि सेटिङमा उनीहरुलाई जोगाउन सरकारनै लागेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले बर्तमान सरकार हल्लाको भरमा मात्रै टिकेको भन्दै जनजिविकाका सवालमा असफल भएको दावी गर्नुभयो ।
अध्यक्ष ओलीले बर्तमान सरकारबाट आफ्नो पालामा शुरु भएका योजना समेत काट्ने काम भएको बताउनुभयो । उहाँले ३९६ वटा अस्पताल हरेक पालिकामा बनाउने गरी शिलान्यास गरिएपनि वर्तमान गठबन्धन सरकारले ती काम अलपत्र पारेको आरोप लगाउनुभयो ।
उहाँले यो गठबन्धन सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको बताउनु भयो । अहिले मुलुक गम्भीर मोडमा रहेको बताउँदै उहाँले स्वाधीनता र स्वतन्त्रता कमजोर हुँदा तिनको संरक्षण गर्न नसकिएको बताउनु भयो । सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको ओलीको भनाइ थियो । आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको उहाँले बताउनु भयो । विदेश जाने युवाहरूलाई रोक्न नसक्नु विडम्बना रहेको उहाँले बताउनु भयो ।
जिल्ला अधिवेशनको सन्दर्भमा ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले जिल्लालाई आगामी दिनमा हाँक्नको लागि उम्मेदवार ल्याउन सुझाव दिनुभयो । उहाँले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिनुभएको थियो । ‘सर्वसम्मतिले होस् या लोकतान्त्रिक विधिबाट नेतृत्वले सबै लाई मिलाएर एकताबद्ध बनाएर सिङ्गो नेकपा एमाले उदाहरणीय रूपले अगाडि बढ्ने उहाँले अपेक्षा लिनुभयो । उहाँले जिल्ला अधिवेशनमा गुटबन्दी नगर्नसमेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
एमाले कैलालीको नयाँ नेतृत्वका लागी ३ जना अध्यक्ष र ४ दर्जन बढीले पदाधिकारीमा दावी गरेका छन् । सोमबार बिहानै बन्दसत्र शुरु हुने छ । बन्दसत्रबाट सहमती नजुटे सोमबारनै निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गरिने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच