काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘भाषा संरक्षणमा कानुन व्यवसायीहरूको भूमिका र दायित्व’ विषयक अन्तरविमर्श कार्यक्रम रामशाहपथस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा सम्पन्न भयोे । कार्यक्रममा उहाँले कानुन व्यवसायीहरूको क्षेत्र सबै तहतप्का र वर्गमा पर्ने भएकाले न्यायिक सर्वोच्चता भाषा र बाङ्ममयभित्र रहेको हुन्छ भन्नुभयो ।
उहाँले एकअर्को भाषामा प्रयोग हुने शब्दको उच्चारणमा प्रष्ट हुन सकिएन भने त्यसले न्यायिक फैसलामा त्रुटि हुने बताउनु भएको थियोे । कुलपति राईले कानुन व्यवसायीहरूले पनि साहित्य पढ्नु उत्तम हुने बताउनुभएको थियोे । उहाँले जति पनि भ्रष्टाचारी छन्, तिनमा अपवादबाहेक कवि, साहित्यकारहरू नभएको बताउनुभएको थियोे ।
पूर्वन्यायाधीश कमलनारायण दासले सबै मिलेर नेपालीभाषा र नेपालका मातृभाषालाई बचाउन अग्रसर हुनुपर्ने बताउनुभएको थियो । यसैगरी प्रा.डा.भागवत ढकालले भाषाको प्रयोगमा किन्तु र परन्तु’ मात्रै फरक पर्यो भने पनि धेरै अर्थ फरक पर्छ भन्नुभएको थियोे । यसैगरी प्रा.डा.तथा वरिष्ठ अधिवक्ता नृसिंहकुमार खत्रीले ‘भाषाको संरक्षणमा काव्यको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । यसैगरी सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले जगबाटै भाषा बिगारिनु भनेको नियतवश गरिएको गल्ती भन्ने बुझिन्छ भन्नुभएको थियोे । कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले हामी सबैको साझा सम्पत्ति भनेको भाषा भएकाले यसको संरक्षणमा सबै कानुन व्यवसायी र न्यायलय प्रतिबद्ध रहनुपर्छ भन्नुभएको थियोे ।
उक्त कार्यक्रममा अधिवक्ता शेरबहादुर कार्कीले भाषामा आएको विचलनप्रति चिन्ता व्यक्त गर्दै स्वागत मनतव्य राख्नुभएको थियोे । कार्यक्रमका उद्घोषक तथा सर्वोच्च अदालत बार एसोसिएसन भाषा, साहित्य, कला, संस्कृति समितिका सदस्यसचिव रामेश्वर राउत मातृदासले भाषा सार्वभौम सत्ता सम्पन्न राष्ट्र र आमनागरिकहरूको शक्ति र तागत हो भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
उक्त अन्तरविमर्श कार्यक्रम सर्वोच्चअदालत बार एसोसिएसनको स्वर्ण महोत्सवको अवसरमा सर्वोच्च अदालत बार एसोसिएसन भाषा साहित्य, कला, संस्कृति समिति र नेपाल कानुन व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपालले संयुक्तरूपमा आयोजना गरेको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच