
नवलपरासी । कृषि, पर्यटन, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार भन्ने नाराका साथ पश्चिम नवलपरासीको बर्दघाटमा हुने मेलामा चार करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजक बर्दघाट उद्योग वाणिज्य संघले जनाएकोे छ । सातौँ कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला २०८० फागुन १७ गतेदेखि २९ गतेसम्म हुने बर्दघाट उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । करिब ७५ लाखको लागतमा हुने मेलामा एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा रहेको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो । बर्दघाट नगरपालिकालाई पर्यटकीय नगरका रूपमा परिचित बनाउने उद्देश्य रहेको संघका अध्यक्ष न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, ‘कृषि उत्पादन, पर्यटन प्रवद्र्धन, संस्कृतिको जगेर्ना, औद्योगिक विकास गराउनु मेलाको लक्ष्य रहेको छ ।’
मेलाले स्थानीय उत्पादनको बजार प्रवद्र्धन र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने संघका महासचिव गंगा पाठकले बताउनुभयो । कृषि, हस्तकला र घरेलु उत्पादनलाई निःशुल्क र फागुन १२ गतेसम्म स्टल बुक गर्ने व्यवसायीलाई ५० प्रतिशत छुट गरिएको उहाँले जानकारी दिनुभयो ।
मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन बैंक, वित्तीय संस्था, होटल, रेष्टुरेन्ट, बाल उद्यान र स्थानीय एवं केन्द्रीय कलाकारको प्रस्तुति रहने वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतमले बताउनुभयो । मेलामा कृषि, उद्योग, व्यापारका गरी दुई सय ५० स्टल रहने आयोजकले जनाएको छ । संघले मेलाका लागि मूल समारोह समिति, मेला संरक्षण समिति, स्वागत, निर्माण, प्रचारप्रसार गरी २३ उपसमिति बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच