
काठमाडौं । नेपाल ‘ए’ टिमले काठमाडौंमा जारी क्यानडा-११ सँगको सिरिजको दोस्रो खेलमा २ विकेटको रोमाञ्चक जित हात पारेको छ । योसँगै नेपाल ‘ए’ ले सिरिजमा बराबरी गरेको छ । नेपालको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा क्यानडा-११ ले ४ विकेटको जित दर्ता गरेको थियो । अन्तिम तथा निर्णायक खेल बिहीबार हुनेछ ।
मूलपानी क्रिकेट मैदानमा क्यानडा-११ ले प्रस्तुत गरेको २४१ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा बसिर अहमदले नटआउट अर्धशतकीय पारी खेल्नुभयो । बसिरले ७३ बलमा ५२ रन जोड्ने क्रममा ४ चौका र १ छक्का प्रहार गर्नुभयो ।
नेपालका लागि शेर मल्लले ११ बलमा १ चौकासहित ७ रन जोड्नुभयो । तेस्रो विकेटका लागि कप्तान सन्दीप जोरा र अर्जुन कुमालले १०४ रनको साझेदारी गर्दै नेपालको पारी अघि बढाउनुभएको थियो । अर्जुनले ६४ बलमा ३ चौकासहित ४० रन जोड्नुभयो ।
सन्दीपले ७४ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गर्नुभयो । यस्तै, किरण ठगुन्नाले १७ बलमा १३ रन, राशिद खानले ५१ बलमा ३ चौका र २ छक्कासहित ४७ रन थप्नुभयो ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा-११ ले ४९ दशमलब पाँच ओभरमा सबै विकेट गुमाउँदै २४० रनको योगफल बनायो ।
क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिनुभयो । उहाँले ८२ बल खेल्ने क्रममा पाँच चौका प्रहार गर्नुभयो । त्यस्तै, नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिनुभयो । डिलोन हेलिगरले १६ रन बनाउनुभयो ।
बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिनुभयो भने शेर मल्ल र रासिद खानले समान दुई/दुई विकेट लिनुभयो । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिनुभयो ।
नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्नुभएको थियो । नेपाल ‘ए’ ले टोलीमा दुई परिवर्तन गर्दा विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल मैदान उत्रिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच