काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने यादव रिजालविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको छ । अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुदा दायर गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका प्राविधिक कर्मचारी (चौथो तह) विर्जुकुमार महतोले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा अख्तियारले रिजाललाई सरकारी साक्षीको रूपमा पेस गरेको थियो ।
आयोगका प्रवत्ता नरहरि घिमिरेका अनुसार यादव रिजालले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनले विद्युत् क्षमतामा अभिवृद्धि गर्न २५ हजार रुपैयाँ घुस प्रतिवादी महतोलाई दिएको कार्य भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरिएको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच