काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न नसकिने बताउनुभएको छ । उहाँले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै क्षेत्रमा समान अवसर र पहुँचले मात्र सामाजिक न्यायको अनुभूति हुने भन्दै सबैको साझा प्रयास र प्रतिबद्धतामा जोड दिनुभयो । सामाजिक न्यायप्रति बढ्दो चासो र आवश्यकताका सम्बन्धमा निजी क्षेत्र पनि सजग र जिम्मेवार हुँदै गएको अध्यक्ष ढकालको भनाइ थियो ।
विश्व सामाजिक न्याय दिवस २०२४ का अवसरमा आयोजित कार्यक्रममा रोजगारदातातर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले प्रतिनिधित्व गर्नुभएको नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाबारेमा पनि चर्चा गर्नुभएको थियो ।
अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रहेको एवं वर्गीय, जातीय विविधता रहेको मुलुकका लागि सोसियल जस्टिस प्रवद्र्धन र सुनिश्चितता चुनौतीपूर्ण रहेको पनि उहाँले बताउनुभयो । सामाजिक न्यायको अवधारणाले व्यापकता पाइरहेका सन्दर्भमा नेपालमा पछिल्ला वर्षहरूमा सामाजिक न्यायका लागि थुप्रै काम भएको उहाँले बताउनुभयो ।
अध्यक्ष ढकालले सामाजिक न्याय प्रवद्र्धनका लागि सुरु भएका विभिन्न प्रयास र कार्यक्रममा निजी क्षेत्र सहभागी रहेको र सामाजिक न्यायको प्रवद्र्धनमा सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । सामाजिक न्यायका लागि नीतिगत सुधार, कानुन निर्माण र संस्थागत व्यवस्थामा निकै प्रगति भएको उल्लेख गर्दै कार्यान्वयन पक्षमा देखिएका कमी कमजोरी हटाउन सकिए सामाजिक न्यायको अवस्थामा गुणात्मक सुधार हुने बताउनुभयो ।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान गरिरहेको निजी क्षेत्र सामाजिक न्यायको प्रवद्र्धन गर्ने कार्यलाई पनि जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएको ढकालको भनाइ थियो । ढकालले रोजगारदाता र श्रमिकबीच सहकार्य र समझदारीबिना श्रम सम्बन्ध दिगो हुन नसक्ने भन्दै दिगो श्रम सम्बन्ध नभई सामाजिक न्यायका प्रयास अवरुद्ध हुने हुँदा सहकार्य र संवाद संस्थागत र बलियो बनाउन संयुक्तरूपमा काम गर्ने उद्देश्यले हालै महासंघ र टे«ड युनियनबीच समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच